काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

गत वर्षसम्मको स्वास्थ्य बिमाको भुक्तानी सम्पन्न

1.43K
shares

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थालाई स्वास्थ्य बिमावापत गर्नुपर्ने भुक्तानी सम्पन्न गरेको जनाएको छ ।

बोर्डका अनुसार २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थालाई स्वास्थ्य बिमावापत कूल रु दुई अर्ब छ करोड ४३ लाख ३४ हजार भुक्तानी गरिएको छ । बोर्डले स्वास्थ्य संस्थाहरूलाई बिहिबार नै स्वास्थ्य भुक्तानीबारे परिपत्र गरेको हो ।

यससँगै २०८२ सालसम्म स्वास्थ्य बिमावापत सेवा प्रदायक स्वास्थ्य संस्थालाई गर्नुपर्ने भुक्तानी सकिएको बोर्डले जनाएको छ ।