गृहपृष्ठ एनएमबीले बाँड्यो ५ हजार ७२८ थान सुधारिएकाे चुल्हो
एनएमबीले बाँड्यो ५ हजार ७२८ थान सुधारिएकाे चुल्हो
एनएमबी बैंक लिमिटेडले नेदरल्याण्ड डेभलपमेन्ट अर्गनाइजेसन (एसएनभी)को नतिजामुखी लगानी परियोजनाअन्तर्गत ५ हजार ७ सय २८ सुधारिएको चुल्हो वितरण गरेको छ । बैंकले उक्त परियोजनाको लागि कोष व्यवस्थापकको रुपमा काम गरेको थियो ।
परियोजनाअन्तर्गत नेपालमा सुधारिएको चुल्हो वितरण गरेर ग्रामीण भेगका जनताहरुको जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ प्राक्टिकल एसएनभीसँग बैंकले सहकार्य गरेर सुदुर पश्चिम र कर्णालीका विभिन्न ग्रामीण भेगमा सुधारिएको चुल्होहरु वितरण गरेको हो । बैंकको लघुवित्त विभागले एसएनभीसँग सहकार्य गरेर उक्त परियोजना सफलतापूर्वक कार्य गरिरहेको छ भने यस परियोजनाको साथ-साथै अन्य विभिन्न परियोजनासँग सहकार्य गरेर सेवा प्रदान गर्दै आइरहेको छ ।
यस परियोजनाले दाउराको खपत घटाएर बनको संरक्षणमा मद्दत पुग्ने, विशेषगरी महिला दिदीबहिनीहरुले भान्छाको लागि गर्नुपर्ने कठिनाइमा कमि ल्याउने, धूवाँ र धूलोमा कमीको कारणले वायु प्रदूषणमा समेत नियन्त्रण भई समग्र आगलागीको खतरा तथा धूवाँ तथा धूलोको कारणले स्वास्थमा आउने रोग तथा बिकारहरुमा समेत कमी हुने विश्वास लिइएको छ ।
प्रकाशित समय : १७:४३ बजे



















