गृहपृष्ठ यस्ता छन् ‘भिभो वाई३३एस ५’का विशेषता
यस्ता छन् ‘भिभो वाई३३एस ५’का विशेषता

स्मार्टफोन भिभो वाई३३एस पछिल्लो समय ग्राहकको रोजाइमा पर्न सफल भएको छ । यसले डिजाइन, क्यामेरा, स्टोरेज र ब्याट्री जस्ता पक्षहरूको सन्दर्भमा प्रयोगकर्ताहरुको मन जित्न सफल भएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार वाई३३एसले मिड-रेन्ज सेगमेन्टमा उपभोक्ताको अपेक्षा पूरा गर्ने शीर्ष ५ कारणहरू यस्ता छन् :
(१) शानदार क्यामेरा सेटअप:
वाई३३एसमा ५०एमपीको रियर क्यामेरा छ, जसलाई २एमपी बोकेह क्यामेरा र २एमपी सुपर म्याक्रो क्यामेराले सपोर्ट गरेको छ । यसलाई भिभोको सिग्नेचर डुअल टोन स्टेपमा सुन्दर ढंगले तयार पारिएको छ, जसमा प्रयोगकर्ताहरूले शक्तिशाली इमेजिङ प्रविधिहरूको आनन्द लिन सक्नेछन् । यसमा ५०एमपी रियर क्यामेरा सेन्सर छ जसले जुम इन वा क्रप गर्दा पनि तस्वीरको गुणस्तर कम नगरी स्पष्ट तस्बिरहरू खिच्छ । साथै, भिभोको सिग्नेचर सुपर नाइट एल्गोरिदमले नोइज घटाएर स्पष्ट फोटोहरु कदै गर्छ । यो स्मार्टफोनले प्रयोगकर्तालाई स्टाइलिश नाइट फिल्टरका चार सेटहरूका साथ अनुभवी प्रोजस्तै नाइट शटहरू खिच्न मद्दत गर्दछ जुन व्यवसायीक फोटोग्राफरहरूद्वारा विशेष रूपमा भिभोका लागि डिजाइन गरिएको हो ।
वाई३३एसमा ईआइएस अल्ट्रा स्टेबल भिडियो पनि समावेश छ जसले प्रयोगकर्ताहरूलाई मोशन भिडियो खिच्न सहयोग गर्छ । यसका साथै, भिडियोहरूको लागि फेस ब्यूटी र स्मार्ट सम्पादनजस्ता सुविधाहरूले अझ सुन्दर शटहरु लिन सकिन्छ । यसमा आई अटोफोकस पनि छ जसले उत्कृष्ट पोट्र्रेट खिच्न सकिन्छ । वाई३३एसमा सुपर एचडीआरले रङहरूलाई मिलाउने र छायाँहरूमा विवरणहरू सार्प बनाउँछ ।
स्मार्टफोनमा एचडी गुणस्तरको उत्कृष्ट सेल्फीहरूका लागि १६एमपी फ्रन्ट क्यामेरा छ जसले प्रयोगकर्ताहरूलाई दिनभर विश्वस्त र रेडियन्ट तस्वीर लिन मद्दत गर्दछ । फ्रन्ट क्यामेराको इनबिल्ट मल्टि-स्टाइल पोट्र्रेटलाई धन्यवाद जसले प्रयोगकर्ताको मुड वा पोशाकअनुरूप शैलीहरूको चयन गर्न सक्छन् । फेस ब्यूटी र बोकेहजस्ता सुविधाहरूले सजिलै आकर्षक, ग्ल्यामरस र प्राकृतिक लुक प्राप्त गर्दछ ।
(२) प्रिमियम डिजाइन:
वाई३३एसले विलासी र प्रिमियम अनुभूतिको साथ स्लिम र ट्रेंडी डिजाइन प्रदान गर्दछ । यो १८२ ग्राम तौल भएको उपकरण हलुका छ र बोक्दा आरामदायी अनुमति दिन्छ । क्यामेरा अलाइनमेन्टमा भिभोको डुअल टोन स्टेपले यसको सुन्दरतालाई अझ बढाउँछ । यो स्मार्टफोनले दुईवटा रंगहरू उपलब्ध छन्:
मिरर ब्ल्याकः पछिल्लो डबल लेयर कोटिंग प्रविधिले यसको कालो रंगमा चमक थप्छ । यसलाई हेर्दा प्रकाश, छायाँ, टेक्सचर र अनन्त चमकभित्र लुकेको संसार पत्ता लगाउन सकिन्छ ।
मिडडे ड्रिमः ओरेन्ज र ब्लू ढाँचाको एक आकर्षक चमकमा आधारित मिडडे ड्रिममा एजी टेक्सचरको अनुभूति गर्न सकिन्छ । यसमा लिक्विड क्रिस्टल कोटिङले स्मूथनेस थप्छ र फोनलाई फिंगरप्रिन्टरहित बनाउँछ । वाई३३एसको साइड पावर बटन आफैँमा एक बलियो फिंगरप्रिन्ट स्क्यानर पनि हो । यसमा फोन अनलक गर्न फेस वेक पनि छ ।
(३) ब्याट्री ब्याकअप:
वाई३३एस मा ५००० एमएएच ब्याट्री र १८ वाट फास्ट चार्ज छ जसले उपभोक्ताको सबै ब्याट्रीसँग सम्बन्धित समस्याहरूलाई समाधान गर्छ । स्मार्टफोनमा तीन शक्तिशाली रणनीतिहरू छन्: ५०००एमएएच (टाइप) ब्याट्री, १८ वाट फास्ट चार्ज र भिभो इनर्जी गार्डिएन । यिनीहरूको मद्दतले, प्रयोगकर्ताले ठूलो ब्याट्री क्षमताको पूर्ण उपयोग गर्न र कुशल ऊर्जा व्यवस्थापनको मजा लिन फोनलाई छिटो चार्ज गर्न सक्छन् । स्मार्टफोनमा रिभर्स चार्जिङ सुविधा पनि छ जसले फोनलाई मोबाइल पावर बैंकमा परिणत गर्छ र अन-द-गो हुने उपभोक्ताहरूका लागि उपयोगी उपकरण बनाउँछ ।
(४) विशाल स्टोरेज:
यस स्मार्टफोन ८ जीबी र्याम छ जुन एक्सटेन्डेड र्याम २.० को साथ आउँछ र रोमको निष्क्रिय स्पेस प्रयोग गरेर ४ जीबीसम्म विस्तार गर्न अनुमति दिन्छ र एपहरुबीच स्विच गर्दा सहज र ल्याग मुक्त बनाउँछ ।
(५) उत्कृष्ट डिस्प्ले:
यस स्मार्टफोनमा ६.५८ इन्च एफएचडी प्लस इन-सेल डिस्प्ले छ जसले उज्यालो रङहरू र जीवन्त विवरणहरू प्रदान गर्दछ । यस फोनले समग्रमा निर्बाध र उत्कृष्ट अनुभव प्रदान गर्छ र गेम खेल्दा होस् वा चलचित्र हेर्दा होस् निर्विवाद स्पष्टता प्रदान गर्दछ । यसको बिल्ट-इन ब्लू लाइट फिल्टरले प्रयोगकर्ताको आँखालाई सुरक्षा प्रदान गर्दछ ।
उत्कृष्ट डिजाइन, क्यामेरा सेटअप, शक्तिशाली ब्याट्री र स्टोरेजले वाई३३एस लाई मिड-रेन्ज सेगमेन्टमा उच्च रोजाइको स्मार्टफोन बनाउँछ । वाई३३एस २९ हजार ९९९ रूपैयाँमा देशभर उपलब्ध छ ।
प्रकाशित समय : १८:०८ बजे