global ime bank Long Banner Ad

गृहपृष्ठ यस्ता छन् ‘भिभो वाई३३एस ५’का विशेषता

यस्ता छन् ‘भिभो वाई३३एस ५’का विशेषता

यस्ता छन् ‘भिभो वाई३३एस ५’का विशेषता

स्मार्टफोन भिभो वाई३३एस पछिल्लो समय ग्राहकको रोजाइमा पर्न सफल भएको छ ।  यसले डिजाइन, क्यामेरा, स्टोरेज र ब्याट्री जस्ता पक्षहरूको सन्दर्भमा प्रयोगकर्ताहरुको मन जित्न सफल भएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार वाई३३एसले मिड-रेन्ज सेगमेन्टमा उपभोक्ताको अपेक्षा पूरा गर्ने शीर्ष ५ कारणहरू यस्ता छन् :

(१) शानदार क्यामेरा सेटअप:

वाई३३एसमा ५०एमपीको रियर क्यामेरा छ, जसलाई २एमपी बोकेह क्यामेरा र २एमपी सुपर म्याक्रो क्यामेराले सपोर्ट गरेको छ । यसलाई भिभोको सिग्नेचर डुअल टोन स्टेपमा सुन्दर ढंगले तयार पारिएको छ, जसमा प्रयोगकर्ताहरूले शक्तिशाली इमेजिङ प्रविधिहरूको आनन्द लिन सक्नेछन् ।  यसमा ५०एमपी रियर क्यामेरा सेन्सर छ जसले जुम इन वा क्रप गर्दा पनि तस्वीरको गुणस्तर कम नगरी स्पष्ट तस्बिरहरू खिच्छ । साथै, भिभोको सिग्नेचर सुपर नाइट एल्गोरिदमले नोइज घटाएर स्पष्ट फोटोहरु कदै गर्छ । यो स्मार्टफोनले प्रयोगकर्तालाई स्टाइलिश नाइट फिल्टरका चार सेटहरूका साथ अनुभवी प्रोजस्तै नाइट शटहरू खिच्न मद्दत गर्दछ जुन व्यवसायीक फोटोग्राफरहरूद्वारा विशेष रूपमा भिभोका लागि डिजाइन गरिएको हो ।

वाई३३एसमा ईआइएस अल्ट्रा स्टेबल भिडियो पनि समावेश छ जसले प्रयोगकर्ताहरूलाई मोशन भिडियो खिच्न सहयोग गर्छ । यसका साथै, भिडियोहरूको लागि फेस ब्यूटी र स्मार्ट सम्पादनजस्ता सुविधाहरूले अझ सुन्दर शटहरु लिन सकिन्छ । यसमा आई अटोफोकस पनि छ जसले उत्कृष्ट पोट्र्रेट खिच्न सकिन्छ । वाई३३एसमा सुपर एचडीआरले रङहरूलाई मिलाउने र छायाँहरूमा विवरणहरू सार्प बनाउँछ ।

स्मार्टफोनमा एचडी गुणस्तरको उत्कृष्ट सेल्फीहरूका लागि १६एमपी फ्रन्ट क्यामेरा छ जसले प्रयोगकर्ताहरूलाई दिनभर विश्वस्त र रेडियन्ट तस्वीर लिन मद्दत गर्दछ । फ्रन्ट क्यामेराको इनबिल्ट मल्टि-स्टाइल पोट्र्रेटलाई धन्यवाद जसले प्रयोगकर्ताको मुड वा पोशाकअनुरूप शैलीहरूको चयन गर्न सक्छन् । फेस ब्यूटी र बोकेहजस्ता सुविधाहरूले सजिलै आकर्षक, ग्ल्यामरस र प्राकृतिक लुक प्राप्त गर्दछ ।

(२) प्रिमियम डिजाइन:

वाई३३एसले विलासी र प्रिमियम अनुभूतिको साथ स्लिम र ट्रेंडी डिजाइन प्रदान गर्दछ । यो १८२ ग्राम तौल भएको उपकरण हलुका छ र बोक्दा आरामदायी अनुमति दिन्छ । क्यामेरा अलाइनमेन्टमा भिभोको डुअल टोन स्टेपले यसको सुन्दरतालाई अझ बढाउँछ ।  यो स्मार्टफोनले दुईवटा रंगहरू उपलब्ध छन्:

मिरर ब्ल्याकः पछिल्लो डबल लेयर कोटिंग प्रविधिले यसको कालो रंगमा चमक थप्छ । यसलाई हेर्दा प्रकाश, छायाँ, टेक्सचर र अनन्त चमकभित्र लुकेको संसार पत्ता लगाउन सकिन्छ ।

मिडडे ड्रिमः ओरेन्ज र ब्लू ढाँचाको एक आकर्षक चमकमा आधारित मिडडे ड्रिममा एजी टेक्सचरको अनुभूति गर्न सकिन्छ । यसमा लिक्विड क्रिस्टल कोटिङले स्मूथनेस थप्छ र फोनलाई फिंगरप्रिन्टरहित बनाउँछ । वाई३३एसको साइड पावर बटन आफैँमा एक बलियो फिंगरप्रिन्ट स्क्यानर पनि हो । यसमा फोन अनलक गर्न फेस वेक पनि छ ।

(३) ब्याट्री ब्याकअप:

वाई३३एस मा ५००० एमएएच ब्याट्री र १८ वाट फास्ट चार्ज छ जसले उपभोक्ताको सबै ब्याट्रीसँग सम्बन्धित समस्याहरूलाई समाधान गर्छ । स्मार्टफोनमा तीन शक्तिशाली रणनीतिहरू छन्: ५०००एमएएच (टाइप) ब्याट्री, १८ वाट फास्ट चार्ज र भिभो इनर्जी गार्डिएन । यिनीहरूको मद्दतले, प्रयोगकर्ताले ठूलो ब्याट्री क्षमताको पूर्ण उपयोग गर्न र कुशल ऊर्जा व्यवस्थापनको मजा लिन फोनलाई छिटो चार्ज गर्न सक्छन् । स्मार्टफोनमा रिभर्स चार्जिङ सुविधा पनि छ जसले फोनलाई मोबाइल पावर बैंकमा परिणत गर्छ र अन-द-गो हुने उपभोक्ताहरूका लागि उपयोगी उपकरण बनाउँछ ।

(४) विशाल स्टोरेज:

यस स्मार्टफोन ८ जीबी र्‍याम छ जुन एक्सटेन्डेड र्‍याम २.० को साथ आउँछ र रोमको निष्क्रिय स्पेस प्रयोग गरेर ४ जीबीसम्म विस्तार गर्न अनुमति दिन्छ र एपहरुबीच स्विच गर्दा सहज र ल्याग मुक्त बनाउँछ ।

(५) उत्कृष्ट डिस्प्ले:

यस स्मार्टफोनमा ६.५८ इन्च एफएचडी प्लस इन-सेल डिस्प्ले छ जसले उज्यालो रङहरू र जीवन्त विवरणहरू प्रदान गर्दछ । यस फोनले समग्रमा निर्बाध र उत्कृष्ट अनुभव प्रदान गर्छ र गेम खेल्दा होस् वा चलचित्र हेर्दा होस् निर्विवाद स्पष्टता प्रदान गर्दछ । यसको बिल्ट-इन ब्लू लाइट फिल्टरले प्रयोगकर्ताको आँखालाई सुरक्षा प्रदान गर्दछ ।

उत्कृष्ट डिजाइन, क्यामेरा सेटअप, शक्तिशाली ब्याट्री र स्टोरेजले वाई३३एस लाई मिड-रेन्ज सेगमेन्टमा उच्च रोजाइको स्मार्टफोन बनाउँछ । वाई३३एस २९ हजार ९९९ रूपैयाँमा देशभर उपलब्ध छ ।

प्रकाशित समय : १८:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु