काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दसैँ बिदा सकिएपछि प्रशासनमा सेवाग्राहीको चाप

861
shares

खोटाङ। दसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेको छ । दसैँ मनाउन घर आएका नागरिक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र, दलित तथा जनजाति प्रमाणितलगायत सेवा लिन कार्यालयको भीड बढेको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बुधबार मात्रै ८१ जनाले नयाँ नागरिकता लिएका छन् । जसमध्ये ४९ पुरुष र ३२ महिला छन् । त्यस्तै, ३२ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । प्रतिलिपि लिनेमा २० पुरुष र १२ महिला छन् ।

कार्यालयबाट ११ जनाले राहदानी लिएका छन् भने २८ जनाले राहदानीका लागि नाम दर्ता ९इनरोलमेन्ट० गराएका छन् । यसैगरी, ६३ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका छन् भने एक जनाले नाबालक परिचयपत्र बनाएका छन् ।

यस्तै, छ वटा सिफारिस प्रमाणित गरिएको छ भने अन्य निकायमा आठवटा पत्र पठाइएको छ । नागरिक एपमार्फत प्राप्त २० वटा गुनासो फछ्र्योट गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

दसैँको बिदामा घर आएका अधिकांश नागरिक चाडपर्वपछि आफ्नो कर्मथलो फर्कने क्रममा सदरमुकाम आएर नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र तथा अन्य सिफारिस र कागजात बनाउने गरेका छन् । यसले गर्दा कार्यालयमा सेवाग्राहीको चाप बढेको प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले जानकारी दिए ।

कतिपय फाँटमा सेवाग्राहीले एकअर्काको पालो नमिचून् भन्ने उद्देश्यले कार्यालयले टोकन प्रणाली लागू गरेको छ । जिल्लाका अन्य सरकारी कार्यालयको तुलनामा जिल्ला प्रशासन कार्यालयमा अहिले सेवाग्राहीको चाप बढी देखिएको छ ।

खोटाङमा सातौँ सोल्मा कप फुटबल प्रतियोगिता

सोल्मा स्पोर्टस् क्लब खोटाङले दिक्तेलमा आयोजना गरेको अन्तर वडा कप पुरुष फुटबल प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माले विजयी यात्रा सुरु गरेको छ ।

सातौँ संस्करणको ‘सोल्मा अन्तर वडा कप पुरुष फुटबल प्रतियोगिता–२०८३’मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेललाई हराउँदै वडा नं २ सोल्माले आफ्नो विजयी यात्रा सुरु गरेको हो ।

सोल्मा स्पोर्टस् क्लबको आफ्नै खेलमैदानमा आयोजना गरिएको प्रतियोगिताको पहिलो खेलमा सोल्माले एक गोल गर्दा वडा नं २ दिक्तेल गोलरहित मैदानबाट बाहिरिएको छ ।

प्रतियोगिताको पहिलो हाफमा वडा नं २ सोल्माका जर्सी नं ७ का खेलाडी देवान राईले गरेको एक गोल नै प्रतियोगिताको निर्णायक गोल बनेको हो ।

यही कात्तिक १५ गतेसम्म सञ्चालन हुने प्रतियोगीताका विजेताले नगद एक लाख २२ हजार २२२, उपविजेताले रु ७७ हजार ७७७ र सेमीफाइनलिष्ट दुई टोलीले जनही नगद ३३ हजार ३३३ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष ध्रुवविक्रम राईले जानकारी दिए ।

यस्तै, उत्कृष्ट खेलाडीलाई रु पाँच हजार ५५५ तथा उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेण्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही नगद दुई हजार २२२ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

सोल्मा स्पोर्टस् क्लबले निर्माण गरेको खेलमैदानमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले थियो । उद्घाटन समारोहमा उडाइएको बेलुनमा झुण्ड्याइएको ब्यानर भेट्ने व्यक्तिलाई क्लबले नगद रू पाँच हजार ५५५ दिने घोषणा गरेको छ ।