स्थानीयका समस्या संसद्मा उठाउने सांसद उप्रेतीको प्रतिबद्धता
वि.सं.२०८३ कात्तिक ११ बुधवार २१:१०
shares

हेटौँडा। मकवानपुर निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य प्रशान्त उप्रेतीले आफ्नो क्षेत्रका जनताका समस्या संसद्मा उठाएर समाधानको प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आज भीमफेदी गाउँपालिका–९, अघोरमा आयोजना गरेको कार्यक्रममा उनले जनताका समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताए ।
उक्त क्षेत्रका स्थानीयले आफ्ना समस्या, आवश्यकता तथा विकास–निर्माणसँग सम्बन्धित विषय सम्बोधन नभएको गुनासो गरेका थिए ।

























