स्वयम्भू संरक्षणार्थ पाँच करोड ४० लाख स्वीकृत
वि.सं.२०८३ कात्तिक ११ बुधवार २०:२२
shares

काठमाडौँ। विश्व सम्पदामा सूचीकृत स्वयम्भूको संरक्षणका लागि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले आर्थिक वर्ष २०८३/०८४ का लागि पाँच करोड ४० लाखको बजेट स्वीकृत गरेको छ ।
विश्व सम्पदा क्षेत्रमा सूचीकृत स्वयम्भू तथा त्यस आसपास क्षेत्रको पूर्वाधार विकास एवं संरक्षणका लागि ३९ प्रतिशत र प्रशासनिक खर्चका लागि ६१ प्रतिशत रकम अनुमोदन गरिएको हो ।
महासमितिले पारित गरेको सो रकम गत आवको तुलनामा २५ लाखले बढी हो । महासमितिले स्वयम्भू महाचैत्य र यससँग सम्बन्धित संरचनाहरूको जीर्णोद्धार र मौलिक स्वरूप जोगाउने महासमिति अध्यक्ष भिक्षु धर्ममूर्तिले राससलाई जानकारी दिए ।
राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रबाट स्वयम्भू आउने पर्यटक तथा धर्मावलम्बीलाई ऐतिहासिक पक्षका बारेमा जानकारी दिने, नियमित पूजा गर्ने, सम्पदाको संरक्षणका साथै धार्मिक जङ्गलको संरक्षण र त्यहाँ नियमित रुपमा बिरुवा रोप्दै आएको छ ।
महासमितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत संस्थासँग समन्वय र सहकार्यमा मर्मत सम्भार तथा संरक्षण साथै जात्रा पर्व, धार्मिक महोत्सव, मेला सञ्चालन, व्यवस्थापन गरिरहेको छ ।

























