गृहपृष्ठ चर्चित बिस्कुट ब्राण्ड नेबिकोले नयाँ भवनको उद्घाटन गर्यो
चर्चित बिस्कुट ब्राण्ड नेबिकोले नयाँ भवनको उद्घाटन गर्यो
कुनैबेला बिस्कुटको पर्यायवाची शब्दझैँ थियो नेबिको, ‘बिस्कुट भनेकै नेबिका’ । ५८ बर्षअघि स्थापित ब्राण्ड नेबिको अझ पनि उत्तिकै लोकप्रिय छ ।
झण्डै ६ दशकको अवधि पार गर्न सफल ब्राण्डले शुक्रबार नयाँ भवनको उद्घाटन गरेको छ । कम्पनीका कार्यकारी सञ्चालक राजेशकुमार रौनियार, हरिश चन्द, प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद भट्टराइले संयुक्त उद्घाटन गरेका हुन् ।
भवनमा ब्रेकफास्ट जस्तै ओट्स, कोर्नफलाक्स, चोकज् लगायतका प्रोडक्टहरु तयार गरि बिक्रि वितरण गरिने कम्पनीले जनाएको छ । नेबिकोका उत्पादनहरु केही समयअघि नै बजार परीक्षण गर्ने उधेश्यले उपलब्ध भइसकेका छन् ।
थप आधुनिक मेशिन जडान गरि गुणस्तरमा अझ एकरुपता कायम होस भन्ने उद्देश्यले थप लगानी गरिएको सञ्चालक रौनियारले बताए ।
प्रकाशित समय : ०१:२२ बजे


















