गृहपृष्ठ महिला उद्यमशिलताका लागि नबिल बैंक, सीएनआई महिला फोरम र महिला शक्ति विकास केन्द्रबीच सहकार्य

महिला उद्यमशिलताका लागि नबिल बैंक, सीएनआई महिला फोरम र महिला शक्ति विकास केन्द्रबीच सहकार्य

महिला उद्यमशिलताका लागि नबिल बैंक, सीएनआई महिला फोरम र महिला शक्ति विकास केन्द्रबीच सहकार्य

महिलामा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्‍याउने उद्देश्यले नबिल बैंक, सीएनआई-वुमन लिडरसिप फोरम र महिला शक्ति विकास केन्द्र नेपालकाबीच त्रिपक्षीय सम्झौता भएको छ ।

नेपाल उद्योग परिसंघ (सीएनआई)को प्रधान कार्यालय थापाथलीमा गरिएको उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, वुमन लिडरसिप फोरमको तर्फबाट संयोजक छाया शर्मा र महिला शक्ति विकास केन्द्र नेपालको तर्फबाट कार्यकारी निर्देशक कविता गुरुङले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले महिलाको वास्तविक शक्ति भनेको आर्थिक सशक्तिकरण हो भन्दै महिलाहरुको आर्थिक विकासको लागि यो सम्झौता माध्यम बन्ने आशा व्यक्त गरे।

हस्ताक्षर कार्यक्रममा भर्चुअल्ली उपस्थित भएका नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले वुमन लिडरसिप फोरमलाई बैंक र महिला शक्ति विकास केन्द्र नेपालको बीच पुलको काम गरेकोमा धन्यबाद ज्ञापन गर्दै यो सम्झौताले महिलाको आर्थिक विकास सँगसँगै देशको दिगो विकासमा ठूलो टेवा पुर्‍याउने बताए ।

वुमन लिडरसिप फोरम अर्थतन्त्रमा महिलाको भूमिका अभिवृद्धि गर्ने उद्देश्यले नेपाल उद्योग परिसंघले गरेको एउटा पहल हो । स्थापनादेखि ‘महिला नेतृत्व विकास’को मूल नारा बोकेको महिला शक्ति विकास केन्द्र नेपाल एउटा गैरसरकारी संस्था हो । जसले देशैभरी महिला सशक्तिकरण र महिला नेतृत्वको विकास सम्बन्धी कामहरु गर्दै आइरहेको छ।  

नेपाल सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो।

बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएका यी कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गर्दै आएको छ।

यो सम्झौतामार्फत नबिल बैंकले नबिल दिगो बैंकिङका प्रयासहरुलाई अझ बढी लक्षित वर्गमा पुर्‍याउन सहयोग गर्ने आशा लिएको बैंकले जनाएको छ ।

प्रकाशित समय : ०१:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु