गृहपृष्ठ महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न सेवामा २० प्रतिशतसम्म छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न सेवामा २० प्रतिशतसम्म छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न सेवामा २० प्रतिशतसम्म छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले विभिन्न सेवा तथा संस्थामा विशेष छुट पाउने भएका छन्।

बैंकले स्वास्थ्य, होटल तथा रेस्टुरेन्टलगायत क्षेत्रका संस्थासँग सम्झौता गरी ग्राहकलाई थप सुविधा उपलब्ध गराएको जनाएको छ। सम्झौताअनुसार ग्राहकले मनकामना हिलक्रेस्ट होटलमा आवास तथा रेस्टुरेन्ट सेवामा १२.५ प्रतिशतसम्म छुट पाउनेछन्।

त्यस्तै, एलोफ्ट काठमाडौंमा खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म, एल्लो हात्तीमा उपहार सामग्री खरिदमा १० प्रतिशतसम्म र अल्फा केयर डायग्नोस्टिक सेन्टरमा स्वास्थ्य परीक्षण तथा प्रयोगशाला सेवामा २० प्रतिशतसम्म छुट उपलब्ध हुने बैंकले जनाएको छ।

दृष्टि आई केयरमा उपचार तथा प्रयोगशाला सेवामा २० प्रतिशतसम्म, ओरियन्ट क्याफेमा खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म तथा हेटौंडास्थित होटल स्मारकमा आवास र खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट पाइनेछ।

बैंकका अनुसार यस्तो सहकार्यबाट डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।

महालक्ष्मी विकास बैंकले गुणस्तरीय वित्तीय सेवा विस्तार गर्दै आएको जनाएको छ। बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा क्याफेसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ।

प्रकाशित समय : १५:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु