काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुनचाँदीको मूल्य बढ्यो

1.01K
shares

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज प्रतितोला सुन एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला ४५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ८५५ कायम भएको छ ।

आइतबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ८१० कायम भएको थियो ।