काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चार हजार हेक्टरमा सिँचाइ गर्न ‘दङ्गालीछाप’ आयोजना

1.3K
shares

दाङ । देउखुरीस्थित गढवा र राजपुर गाउँपालिकाका कृषियोग्य भूभागमा सतह सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले दङ्गालीछाप सिँचाइ प्रणाली सुरु गरिने भएको छ । त्यसका लागि विस्तृत सम्भाव्यता अध्ययन (डिएफएस) को कार्य पूरा भइसकेको छ ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका सूचना अधिकारी खुमानन्द वलीका अनुसार यस आयोजनाको निर्माण अघि बढेपछि गढवा र राजपुर गाउँपालिका क्षेत्रको चार हजार ४०० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सेवा पु-याउने लक्ष्य राखिएको छ ।

चालु आर्थिक वर्षमा सामाजिक तथा वातावरणीय अध्ययन पूरा गरी आगामी आर्थिक वर्षदेखि काम सुरु गर्ने लक्ष्य रहेको उनले जानकारी दिएका छन् । देउखुरीको प्रगन्ना र बड्कापथ सिँचाइ आयोजनामार्फत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा नपुगेका ठाउँका लागि दङ्गालीछाप सिँचाइ प्रणाली सुरु गर्न लागिएको उनले बताएका छन् ।