काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विपद्का कारण विभिन्न स्थानमा मुख्य राजमार्ग र सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध

336
shares

ai logo सारांश

  • नेपालमा भारी वर्षा र अन्य विपद्का कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग र सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
  • नेपाल प्रहरीको तथ्याङ्क अनुसार, विपद्का कारण देशभरका मुख्य राजमार्गहरू अवरुद्ध भएका हुन् ।

काठमाडौं । नेपालमा भारी वर्षा र अन्य विपद्का कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग र सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार, विपद्का कारण देशभरका मुख्य राजमार्गहरू अवरुद्ध भएका हुन् । यी अवरोधहरू बाढी र पहिरोका कारण आएका हुन्। विभिन्न प्रदेशका मुख्य सडक अवरुद्ध भएपछि सोतिदेखि मान्बु जाने पुल, पृथ्वी राजमार्ग र कालिगण्डकी करिडोर पूर्ण रूपमा बन्द भएका छन् ।

बागमती प्रदेशको चितवन जिल्लामा पहिरोका कारण पृथ्वी राजमार्गको इच्छाकामना गा.पा.४ घप्टे भिर खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । गण्डकी प्रदेशको गोर्खा जिल्लामा सोतिदेखि मान्बु जाने पुल बन्द भएको छ ।

लुम्बिनी प्रदेशस् लुम्बिनी प्रदेशको गुल्मी जिल्लामा पनि पहिरोका कारण कालिगण्डकी करिडोरको सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ