काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पशुपन्छीको बीमा गर्दै किसान

378
shares

दमौली ।तनहुँमा पशुधनको जोखिम न्यूनीकरण तथा पशुपालक किसानलाई सम्भावित आर्थिक क्षतिबाट जोगाउने उद्देश्यले पशु बीमा कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँका अनुसार जिल्लामा गाई, भैँसी, बाख्रा, बङ्गुर, कुखुरा, माछा तथा घोडा–खच्चर गरी दुई लाख ६१ हजारभन्दा बढी पशुपन्छी तथा जलचरको बीमा गरिएको छ ।

कार्यालयका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीका अनुसार बीमा गरिएका पशुपन्छी तथा माछाको कुल सङ्ख्या दुई लाख ६१ हजार ११२ छ । बीमा गरिएका पशुधनको विवरणमा सबैभन्दा धेरै कुखुरा छन् । त्यसपछि माछा, बाख्रा, गाई, भैँसी, बङ्गुर र घोडा–खच्चरको बीमा गरिएको छ ।

ठकुरीका अनुसार गाई, भैँसी, घोडा–खच्चर, बाख्रा, बङ्गुर, कुखुरा र माछाको बीमित मूल्य जोड्दा ६८ करोड ९३ लाख ४२ हजार ४२८ पुगेको छ । यी पशुधनको बीमाका लागि कुल प्रिमियम शुल्क रु तीन करोड २२ लाख ९३ हजार ८९० रहेको छ भने किसानले व्यहोरेको रकम ६४ लाख ५० हजार ७७९ छ ।

ठकुरीका अनुसार जिल्लामा एक लाख ५२ हजार १४७ कुखुराको बीमा गरिएको छ । कुखुराको बीमित मूल्य १० करोड ४५ लाख ९० हजार ६८१ छ । यसका लागि रु ३० लाख पाँच हजार १३३ प्रिमियम शुल्क लागेकामा किसानले छ लाख एक हजार २७ व्यहोरेका छन् ।

यस्तै ९८ हजार पाँच सय माछाको बीमा गरिएको छ । माछाको बीमित मूल्य रु २५ लाख २४ हजार रहेकामा रु ७५ हजार ७२० प्रिमियम शुल्कमध्ये किसानले १५ हजार १४४ व्यहोरेका छन् ।

तनहुँमा चार हजार ९१ गाईको बीमा गरिएको छ । ती गाईको बीमित मूल्य ३० करोड ९६ लाख ५२ हजार रहेको छ । गाईको बीमाका लागि एक करोड ५६ लाख ६९ हजार ४९४ प्रिमियम शुल्क लागेकामा किसानको हिस्सा ३१ लाख ३३ हजार ८०० रहेको कार्यालयले जनाएको छ ।

यसैगरी, एक हजार ९७० भैँसीको बीमा गरिएको छ । भैँसीको बीमित मूल्य १५ करोड १७ लाख १४ हजार रहेको छ । त्यसका लागि ७५ लाख ४५ हजार ३९६ प्रिमियम शुल्क लागेकामा किसानले १५ लाख नौ हजार ७९ व्यहोरेका छन् ।

जिल्लामा तीन हजार ४१२ बाख्राको बीमा गरिएको छ । बाख्राको बीमित मूल्य रु छ करोड ८३ लाख ७४ हजार ७४७ छ । बीमाका लागि ३४ लाख ४८ हजार ७०९ प्रिमियम शुल्क लागेकामा किसानको हिस्सा छ लाख ७८ हजार ७४२ छ ।

त्यस्तै, ९८९ बङ्गुरको बीमा गरिएको छ । बङ्गुरको बीमित मूल्य रु पाँच करोड १८ लाख ८१ हजार रहेको कार्यालयले जनाएको छ । त्यसका लागि २५ लाख २९ हजार ४३८ प्रिमियम शुल्क लागेकामा किसानले पाँच लाख पाँच हजार ८८ व्यहोरेका छन् ।

यसका अतिरिक्त जिल्लामा तीन घोडा–खच्चरको बीमा गरिएको छ । तिनको बीमित मूल्य रु छ लाख रहेको छ । घोडा–खच्चरको बीमाका लागि ३० हजार प्रिमियम शुल्क लागेकामा किसानको हिस्सा छ हजार छ ।

पशु बीमाले रोग, दुर्घटना तथा अन्य बीमालेखमा समेटिएका कारणबाट पशुधनमा क्षति हुँदा किसानलाई आर्थिक राहत उपलब्ध गराउने आधार तयार गर्ने ठकुरीको भनाइ छ । विशेषगरी गाईभैँसी, बाख्रा, कुखुरा, बङ्गुर तथा माछापालनमा संलग्न किसानका लागि बीमा उपयोगी हुने गरेको उनले उल्लेख गरे ।