काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दीपावली र छठ: परम्परागत पुख्र्यौली सीपबाट आर्जनको अवसर

315
shares

महोत्तरी। मधेसको मिथिला क्षेत्र अहिले दीपावली र छठ पर्वको उमङ्गमा छ । कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावली पर्व अहिले जारी छ । दीपावली र यो सम्पन्न भएलगत्तैको छठ पर्वको तयारीले महोत्तरीसहितका मिथिला क्षेत्र अहिले पर्वमय बनेका छन् । यी पर्व परम्परागत सीप भएका यहाँका जाति, समुदायका लागि आर्जनको अवसर बन्दै आएका छन् ।

आर्थिक रूपमा पछिपरेका यहाँका कुम्हाल, बिन र डोम समुदाय अहिले आफ्नो पुख्र्यौली पेसाको सीप बिक्ने अवसरले उत्साहित छन् । कुम्हालको माटाका भाँडा बनाउने र बिन एवं डोमको बाँसका कप्टेरा र चोयाबाट छिटी, नाङ्लो, चाल्नो र ससाना कनसुपीलगायत सामग्री बनाउनु पुख्र्यौली पेसा हो ।

अहिले दीपावली र छठ पर्व दुवैमा माटाका नयाँ भाँडा तथा बाँसको चोया र कप्टेराबाट बनिने नयाँ सामग्री अनिवार्य मानिन्छन् । यही परम्पराले दीपावली र छठ आएपछि आफ्नो सीपले बजार पाउने र नगद आर्जन हुने आसमा उत्साहित हुने स्थानीय बताउँछन् ।

“केही दशकअघिसम्म माटाका गाग्री, छ्याँची, तौला र ढकनासहितका भाँडा दैनिक जीवनमा प्रयोग हुँदा वर्षैभरि आम्दानीका स्रोत बन्थ्ये । बाँसका चोया र कप्टेराले बन्ने छिटी, नाङ्लो, चाल्नो, पङ्खासहितका सामान पनि दैनिक जीवनमा उपयोग गरिन्थे । तर पछिल्ला केही दशकयता यिनको ठाउँमा प्लाष्टिकका सोही प्रयोजनका सामानले बजार पाउन थालेपछि यी जाति समुदायको सीप पर्वविशेषमा साघुरिएका छन्”, भङ्गाहा(४ रामनगर बस्तीका केशवर मुखिया बिनले भने ।

यसले गर्दा आफ्नो पुख्र्यौली पेसाको सीप अब जीवन गुजाराकै माध्यम नबने पनि दीपावली र छठका बेला केही नगद आर्जनको अवसर हुने उनको भनाइ छ । “अरू बेला हाम्रा सामान अब त्यति खोजिँदैनन्, दीपावली र छठमा भने अझै खोजी हुँदैछन् । त्यसैले यी पर्व नगद आर्जनका लागि हाम्रो पर्खाइमा हुन्छन्”, उनले भने, “यसबेला हुने आर्जनले आफ्नो पर्व टार्न आम्दानी हुनुका साथै सीप निरन्तरताको अवसर बनेका छन् ।”

बिनजस्तै बाँसको चोया र कप्टेराकै सामानहरु बनाउने भङ्गाहा(५ सिद्धपुर रेलस्टेसनटोलका प्रगास मरिक डोमले पनि दीपावली र छठमा आफ्नो सीप बिक्ने आसले यसबेला यी सामान बनाउने गरेको बताए । बिन र डोमजस्तै यहाँका कुम्हाल समुदाय यी पर्वमा माटाका दियौरी, अर्घौटो, घैँटो, छ्याँची, तौला र ढकनासहितका भाँडा बिक्री भएर दुईरचार पैसा हात लाग्ने आसमा हुन्छन् ।

अरूबेला गुजाराका लागि अन्य काम गर्ने कुम्हाल दीपावली र छठ नजिकिएपछि सबै काम थाती राखेर माटाका भाँडा बनाउन तल्लीन हुन्छन् । “यी पर्वमा माटाका भाँडाको माग राम्रै हुन्छ, त्यसैले यतिबेला सबै काम छाडेर यी सामान बनाउन लाग्छौँ”, औरही(४ श्रीपुर कविलासाका सुरेश पण्डित कुम्हालले भने, “पर्वमा बेचिएका भाँडाको आर्जनले केही महिनाको नगद खर्च चल्छ ।”

पर्वविशेषले अहिले महोत्तरीका १० नगरपालिका र पाँच गाउँपालिकाका सबैजस्तो बस्तीमा लाग्ने बारविशेषका साप्ताहिक हटियामा माटाका भाँडा एवं बाँसको चोया र कप्टेराले बुनिएका भाँडाको छुट्टै बजार जम्ने गरेको छ । दीपावली र छठ यस भेगका मुख्य पर्व मानिएकाले पर्वमा सर्वसाधारणले यी भाँडा किन्ने गरेका सुरेशको भनाइ छ ।

यस्ता भाँडा पर्वका लागि नयाँ नै चाहिने स्थापित चलनले अहिले माटाका भाँडा र बाँसका चोया र कप्टेराले बुनिने सामानको माग बढेको छ । दीपावलीका लागि यी सामानको बजार लक्ष्मीपूजाका दिनसम्म बढी हुने भए पनि भाइटिकाका दिनसम्म बिक्री हुने श्रमिक बताउँछन् ।

दीपावलीपछि दुई दिनलगत्तै छठ पर्व सुरु हुन्छ । त्यसका लागि पनि आफ्ना सीपका सामग्रीको बजार जम्ने भङ्गाहा(५ भूचक्रपुरका आशलाल पण्डित कुम्हालको भनाइ छ । ग्रामीण परिवेशमा यो पुरानो चलन कायमै रहे पनि सहरी क्षेत्रमा भने कतिपयले यस्ता सामान खोज्न छाडिसकेका उनले बताए ।

यिनका ठाउँमा प्लाष्टिक र स्टिलका भाँडाको प्रयोग बढ्दै गएपछि अबका केही वर्षपछि आपूmहरूको सीप कतै नचल्ने अवस्था आउनसक्ने लोहारपट्टी(४ पिपराढीका रामविलास पण्डित कुम्हालले बताए ।

यसैगरी, गौशाला(१२ पडरियाकी अञ्जली मरिक डोमले यो पुख्र्यौली पेसाको सीपले चाडपर्वमा केही नगद आर्जन भए पनि वर्षभरिको गुजारा नचल्ने भएपछि आफ्ना छोराछोरी अन्य काममा लागेका बताए । यो अवस्थाले मिथिला संस्कृति र कलासँग जोडिएको माटो र बाँसको चोया र कप्टेराबाट बनाइने सामग्रीबारे पछिल्लो पुस्ताले चासो नै राख्न छाडेपछि यो पहिचान हराउने पाका मैथिलको चिन्ता छ ।