काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एनपीएलः पोखराको सानदार पुनरागमन, कर्णाली ६३ रनले पराजित

882
shares

ai logo सारांश

  • (एनपीएल) मा पोखरा एभेन्जर्सले सानदार पुनरागमन गरेको छ ।
  • आज भएको पहिलो खेलमा पोखराले कर्णाली याक्सलाई ६३ रनले हरायो ।

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले सानदार पुनरागमन गरेको छ । आज भएको पहिलो खेलमा पोखराले कर्णाली याक्सलाई ६३ रनले हरायो । पोखराको पाँच खेलमा यो पहिलो जित हो। यो जितबाट पोखराले दुई अंक समेत जोड्यो ।

कर्णाली भने आजको हारबाट सातौं स्थानमा झरेको छ । पाँच खेलमा कर्णालीले दुई मात्रै जितेको छ ।

जितका लागि पाएको २१८ रनको लक्ष्य पछ्याएको कर्णाली १८.३ ओभरमा १५४ रनमा अलआउट भयो । जसमा पवन सराफले ३२,अरिफूल स्लामले २४,दिपक डुमेले २२ रन बनाएपनि जितका लागि पर्याप्त भएन ।

पोखराका महदी हसनले ३, धनन्जय लक्षन,कुशल भुर्तेल र विपिन खत्रीले २/२ विकेट हात पारे ।

यसअघि कीर्तिपुर मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २१७ रन बनायो । यो प्रतियोगिताकै उच्च लक्ष्य हो ।

जसमा युवराज सामराले शतक र कुशल भुर्तेलले अर्धशतक प्रहार गरे । सामरा १०२ र भुर्तेल ६२ रनमा आउट भए । यी दुबै ब्याटरबीच १३६ रनको कीर्तिमानी साझेदारी भयो। यो जारी सिजनको उच्च साझेदारी हो । सामराको शतक पनि जारी सिजनको पहिलो शतक हो ।

कर्णालीका कप्तान सोमपाल कामीले २,मार्क वाटले १ विकेट लिए । आजको दोस्रो खेलमा चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।