काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उपत्यका विभिन्न ठाउँमा गाईपूजा गरियो

1.01K
shares

काठमाडौं । काठमाडौं उपत्यकाका पशुपति क्षेत्र लगायत विभिन्न ठाउँमा गाईपूजा गरिएको छ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन सोमबार गाईको पूजा गरी मनाइँएको हो ।

हिन्दू धर्मशास्त्रअनुसार गाईमा सम्पूर्ण देवीदेवताको बास हुने धार्मिक विश्वासका साथ गाईलाई गौमाताका रूपमा पूजा गर्ने परम्परा छ । गाईलाई लक्ष्मीको प्रतीक मानिने भएकाले फूलमाला, टीका र विभिन्न परिकार खुवाएर श्रद्धापूर्वक पूजा गर्ने गरिन्छ ।

मानिसको पालनपोषणमा गाईले पुर्‍याउने योगदानका कारण दूध, दही, घिउदेखि गोबर र पञ्चगव्यसम्म धार्मिक तथा सांस्कृतिक रूपमा प्रयोग हुँदै आएको छ ।