काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लक्ष्मीपूजामा कलाकारका सामाजिक सञ्जालमा तिहारका रौनक

2.25K
shares

ai logo सारांश

  • कलाकार जयकिसान बस्नेतले साेमबार पारिवारिक तस्विर सार्वजनिक पोस्ट गर्दै झिलिमिलले सजाएको घरको तस्विर समेत सार्वजनिक गरेका छन् ।
  • प्रमोद खरेलले सामाजिक सञ्जालमार्फत सबैको घरमा लक्ष्मी माताको वास होस् भन्ने कामना गर्दै तिहारको शुभकामना दिएका छन् ।
  • नेपालीहरूको महान् पर्व तिहारअन्तर्गत आइतबार लक्ष्मीपूजा गरियो ।

काठमाडौं । नेपालीहरूको महान् पर्व तिहारअन्तर्गत आइतबार लक्ष्मीपूजा गरियो । यस अवसरमा कलाकारहरूले पनि सामाजिक सञ्जालमार्फत तिहार मनाएका तस्बिर तथा भिडियो सार्वजनिक गरेका छन् ।

कलाकार करिश्मा मानन्धरले रङ्गोली बनाउँदै आँगन सजाएको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् । उनले साेमबार अघिल्लो रात आफ्नै प्रियजनहरूसँग भैलो खेलेको रमाइलो भिडियोसमेत साझा गरेकी छन् । भिडियोको क्याप्सनमा उनले लेखेकी छन्, ‘हिजो रातिको भैलो, त्यो पनि आफ्नै प्रियजनहरूबाट । माया, आत्मीयता र खुसीले भरिएको एउटा सुन्दर क्षण।’

हास्यव्यङ्ग्य क्षेत्रका वरिष्ठ कलाकार हरिवंश आचार्यले पूजाकोठाबाट पारिवारिक तस्बिर सार्वजनिक गर्दै तिहारको शुभकामना दिएका छन् ।

नायिका रेखा थापाले छोरी वैभवी राज्यलक्ष्मीसँग रङ्गोली बनाउँदै रमाइलो गरेको तथा देउसीभैलो खेलेको भिडियो फेसबुकमा सार्वजनिक गरेकी छन् । यस्तै, नायिका पूजा शर्माले धन, सुख, शान्ति र समृद्धिको कामना गर्दै रङ्गोली बनाएर पूजा गरेको तस्बिर सार्वजनिक गरेकी छन् । उनले श्रीमान्सँग दियो र झिरझिरे बालेको भिडियोसमेत साझा गरेकी छन् ।

नायिका गरिमा पन्तले देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई तिहारको शुभकामना दिँदै दीपावलीका तस्बिरहरू सार्वजनिक गरेकी छन् ।

यस्तै, गायक प्रमोद खरेलले सामाजिक सञ्जालमार्फत सबैको घरमा लक्ष्मी माताको वास होस् भन्ने कामना गर्दै तिहारको शुभकामना दिएका छन् ।

कलाकार जयकिसान बस्नेतले साेमबार पारिवारिक तस्विर सार्वजनिक पोस्ट गर्दै झिलिमिलले सजाएको घरको तस्विर समेत सार्वजनिक गरेका छन् ।