गृहपृष्ठ एनएमबि बैंकको अनलाइन कर्जा आवेदन र रियल–टाइम ट्र्याकिङ प्रणाली सञ्चालन
एनएमबि बैंकको अनलाइन कर्जा आवेदन र रियल–टाइम ट्र्याकिङ प्रणाली सञ्चालन
काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङ सेवालाई थप सहज बनाउँदै अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ। नयाँ व्यवस्थासँगै ग्राहकले बैंकमा भौतिक रूपमा उपस्थित भएर कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झट हटेको बैंकले जनाएको छ।
नयाँ डिजिटल पोर्टलमार्फत ग्राहकले जुनसुकै स्थानबाट कर्जाका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिएपछि आफ्नो कर्जा प्रक्रिया कुन चरणमा पुगेको छ भन्ने जानकारीसमेत ‘रियल–टाइम’ मा हेर्न सकिनेछ।
यस प्रणालीले कर्जा प्रक्रियालाई छिटो, पारदर्शी र सरल बनाउनुका साथै ग्राहकको समय बचत गर्ने बैंकको विश्वास छ।
अनलाइनबाट कर्जा आवेदन दिने प्रक्रिया
- एनएमबि बैंकको वेबसाइटमा लग–इन गर्ने।
- ‘Loan Services’ अन्तर्गत ‘Online Loan Application’ मा क्लिक गर्ने।
- आफूलाई आवश्यक कर्जाको प्रकार छनोट गरी माग गरिएका विवरण भर्ने।
- आवेदन बुझाएपछि प्राप्त हुने ‘Online Loan Tracking ID’ सुरक्षित राख्ने।
- उक्त Tracking ID प्रयोग गरी कर्जा आवेदनको अवस्था अनलाइनमै हेर्ने।
कागजरहित बैंकिङ सेवाको प्रवद्र्धन गर्ने उद्देश्यले नयाँ प्रणाली सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। सम्पूर्ण कर्जा प्रक्रियालाई डिजिटल बनाउँदै ग्राहकको समय बचत गर्नुका साथै प्रविधिमैत्री र दिगो बैंकिङ सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको जनाएको छ।
एनएमबि बैंकले हाल देशभर १९७ शाखा, १७६ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
प्रकाशित समय : ०८:४० बजे

















