गृहपृष्ठ करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको **‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’**मा सहज रूपमा सहभागी गराउने उद्देश्यले मोबाइल बैंकिङ एपमार्फत हुने डिजिटल भुक्तानीलाई कार्यक्रमसँग जोडेको छ।

बैंकको मोबाइल बैंकिङमार्फत मर्चेन्ट क्यूआरमा भुक्तानी गर्दा योग्य कारोबार स्वतः लक्की ड्रमा समावेश हुने व्यवस्था गरिएको छ। यसका लागि ग्राहकले छुट्टै कारोबार दर्ता वा विवरण अपलोड गर्नुपर्ने छैन।

बैंकका ग्राहकले मोबाइल बैंकिङ एपमार्फत आफ्ना योग्य कारोबारको संख्या तथा विवरणसमेत हेर्न सक्नेछन्।

आन्तरिक राजस्व विभागले कार्यक्रमअन्तर्गत योग्य कारोबारमध्येबाट नियमित रूपमा लक्की ड्र सञ्चालन गरी प्रत्येक दिन एक जना विजेतालाई कर कट्टीपश्चात् १ लाख रुपैयाँ तथा प्रत्येक १५ दिनमा एक जना बम्पर विजेतालाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको छ।

कामना सेवा विकास बैंकले ग्राहकलाई  १०० भन्दा बढीको खरिदमा डिजिटल भुक्तानी गर्न, PAN/VAT बिल लिन तथा सुरक्षित रूपमा राख्न आग्रह गरेको छ। साथै, आफ्नो योग्य कारोबार नियमित रूपमा जाँच गर्न पनि बैंकले अनुरोध गरेको छ।

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै कर प्रणालीमा पारदर्शिता र औपचारिक कारोबारलाई बढावा दिने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा बैंकको मोबाइल बैंकिङमार्फत ग्राहकको सहभागिता सहज हुने बैंकले जनाएको छ।

प्रकाशित समय : ०८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु