काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मुख्यमन्त्री थापाद्वारा पनौती नगर अस्पतालको निरीक्षण

357
shares

काभ्रेपलाञ्चोक। बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले काभ्रेपलाञ्चोकको पनौतीस्थित नगर अस्पतालको शुक्रबार स्थलगत निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा मुख्यमन्त्री थापाले अस्पतालको वर्तमान अवस्था, स्वास्थ्य सेवा प्रवाह, भौतिक पूर्वाधार तथा उपलब्ध स्वास्थ्य सुविधाबारे जानकारी लिएको थिए । उनले नागरिकलाई गुणस्तरीय, सहज र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालमा आवश्यक सुधार, सेवा विस्तार तथा व्यवस्थापकीय पक्षमा ध्यान दिनुपर्ने विषयमा स्थानीय जनप्रतिनिधि तथा अस्पतालका अधिकारीसँग छलफल गरेका थिए ।

सो क्रममा उनले अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै स्थानीय नागरिकलाई आफ्नै क्षेत्रमा सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक पहल र व्यवस्थापन सुधार गर्नुपर्नेमा जोड दिएको छन् ।

निरीक्षणका क्रममा मुख्यमन्त्री थापालाई अस्पताल ब्यवस्थापन समितिका संयोजक रहेका नगरप्रमुख रामशरण भण्डारीले अस्पातलको निर्माण, ब्यवस्थापकीय अवस्था तथा सेवाबारे जानकारी गराएको थिए । गत वैशाख पहिलो सातादेखि सञ्चालनमा ल्याइएको अस्पतालमा ल्याब सेवा, विशेषज्ञ सेवा, एक्स–रे मेशिनका सुविधा प्रदान गर्दै आइएको छ । बाग्म्ती प्रदेश सरकारले गत आर्थिक वर्षमा उपलब्ध गराएको ४० लाखबाट अस्पताल सञ्चालनार्थ उपकरण खरीद गरिएको थियो ।