काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

महिलालाई चप्पल बनाउने सीप सिकाउन व्यस्त सन्ध्या पौडेल

441
shares

दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–७ घुसेरीकी ४२ वर्षीया सन्ध्या पौडेलले आजभोलि महिलालाई चप्पल कसरी बनाउने भन्नेबारे सीप सिकाउन व्यस्त छन् ।

तुलसीपुर उपमहानगरपालिका–६ बरुवा गाउँमा उहाँले खोलेको ‘सन्ध्या लेडिज चप्पल तालिम केन्द्र’मा मार्फत महिलालाई चप्पल बनाउने सीप सिकाउन व्यस्त भएको छन्् ।

उनले महिलालाई विभिन्न समूह बनाएर तीनहजार पाँचसयदेखि पाँच हजारसम्म शुल्क लिएर सीप प्रदान गरिरहेको बताए ।

उनले गतवर्षदेखि सुरु गरेको चप्पल बनाउने तालिम केन्द्रबाट हालसम्म २०० भन्दा बढी महिलालाई सीप प्रदान गरिएको बताउनुभयो । त्यहाँ सिकेको सीप महिलले आफनो गाउँ तथा अन्य ठाउँमा गएर आयआर्जन गर्न सक्ने भएको पौडेलले बताए । पौडेलले महिलाले प्रयोग गर्ने चप्पल, जुत्ता, सेन्डील, बेहुली चप्पल बनाएर बिक्री गर्ने गरेको जानकारी दिए ।

तालिमसँगै उनले चप्पल बिक्रीका लागि तुलसीपुर बजारमा पसल सञ्चालन गरेका छन् ।

छोटो समयमै सीपमूलक तालिम र व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भएको पौडेल बताए । उहाँ भन्छन्,“मेहनत र लगनशीलताका साथ काम गर्ने हो भने तीन महिनामै दुई लाख रुपैयाँसम्म आम्दानी गर्न सकिदो रहने छ तीजदेखि दशैतिहारको अवधिसम्म दुई लाखसम्मको जुत्ता चप्पल बिक्री गरिसकेको जानकारी दिए ।

उनले अहिले आफूलाई महिला उद्यमीका रूपमा पनि चिनाउन सफल भएको छन् ।

सीप नै आत्मनिर्भरता र समृद्धिको आधार भएकाले सबैले सीप सिकेर सबैलाई स्वरोजगार बन्न सुझाव दिन्छन् ।

स्थानीय तुलसीपुर उपमहानगरपालिकासँगको समन्वयमा वडा नं–७ मा गत वर्ष सञ्चालन गरिएका विभिन्न सीपमूलक तालिमबाट पौडेलसहित धेरै महिला लाभान्वित भएका हुन् । तालिम लिएका केही महिलाले आफ्नै पेशा तथा व्यवसायसमेत सुरु गरिसकेका छन् ।

सीप सिकेर घरमै बसेर आम्दानी गर्न सकिने वातावरण निर्माण गर्नु आफ्नो मुख्य उद्देश्य रहेको पौडेलको भनाइ छ । तालिमलाई व्यावसायिक उत्पादन र स्वरोजगारसँग जोड्दै महिलालाई आर्थिक रूपमा सक्षम बनाउने प्रयासमा उनि निरन्तर लागिरहेको छन् । चप्ल उद्योगकालागि आवश्यक पर्ने कच्चा सामग्री नेपालगञ्ज, बुटवल र काठमाडौँबाट ल्याउने गरेको बताउने पौडेले भन्छन्, “यहाँबाट सीप सिकेर जानु भएका पाँचजना महिलाले अहिले आफँै ठाउँमा चप्पल बनाउँदै बिक्रीकालागि पसल सञ्चालन गरिसकेको छन् ।” तुलसीपुर बसपार्कमा दुईजना, पश्चिम दाङको बबई गाउँपालिकाको हंसपुरमा एक जना, सल्यानमा एक र रोल्पामा एकगरी पाँच ठाउँमा यस्ता पसल सञ्चालन भइसकेको पौडेलले बताए। सुरुमा थोरै लगानीबाट सुरुवात गर्ने सकिने सीप आफुसँगै भएकाले सजिलो हुने उनको अनुभव छ ।

पौडेलको उद्यमशीलता चप्पल बनाउने तालिममा मात्र सीमित छैन। उहाँले २०७८ सालदेखि नै तुलसीपुर बजारमा सर्फ, साबुन, बाटेको धूप, अगरबत्ती, हार्पिक तथा नुहाउने साबुन बनाउने तालिमसमेत प्रदान गर्दै आएकी छन् ।