गृहपृष्ठ ८० लाख धरौटीमा रिहा भए इन्भेष्टमेन्ट बैंकका सीईओ पाण्डे

८० लाख धरौटीमा रिहा भए इन्भेष्टमेन्ट बैंकका सीईओ पाण्डे

८० लाख धरौटीमा रिहा भए इन्भेष्टमेन्ट बैंकका सीईओ पाण्डे

 

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे ८० लाख धरौटीमा रिहा भएका छन्। स्मार्टसेलको धितो लिलामसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

आज भएको थुनछेक बहसपछि न्यायाधीश कमलकान्त जोशीको एकल इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएका हुन्। अदालतको आदेशसँगै उनी नियमित काममा फर्किन पाउने भएका छन्।

गत वैशाख २९ गते सिन्धुलीबाट पक्राउ परेका पाण्डेलाई सर्वोच्च अदालतले हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको थियो। बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि भएको सुनुवाइमा न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्तिसिंह थापाको इजलासले पाण्डेलाई रिहा गर्न गत जेठ ६ गते आदेश दिएपछि उनी थुनामुक्त भएका थिए।

नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७० वैशाख २ गते आधारभूत टेलिफोन सेवाको अनुमति पत्र लिई सञ्चालनमा आएको स्मार्ट टेलिकम प्रा.लि.ले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेपछि दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) अनुसार २०८० वैशाख ३ गतेदेखि अनुमतिपत्र स्वतः रद्द भएको थियो।

प्रकाशित समय : २३:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु