गृहपृष्ठ पीपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया, ७ दिनभित्र मापदण्ड तयार गरिने

पीपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया, ७ दिनभित्र मापदण्ड तयार गरिने

पीपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया, ७ दिनभित्र मापदण्ड तयार गरिने

सरकारले विद्युत् खरिद सम्झौता (पीपीए) खोल्न प्रक्रिया अघि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बिहीबार बेलुका बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले पीपीए खोल्न आवश्यक मापदण्ड तयार गर्न उपसमिति गठन गरेको हो।

प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित उपसमितिले पीपीएका लागि आवश्यक मापदण्ड तयार गरी ७ दिनभित्र सञ्चालक समितिमा पेस गर्नेछ।

उपसमितिमा विद्युत् विकास विभागका उपमहानिर्देशक, ऊर्जा मन्त्रालयका तर्फबाट सीडीई शालिग्राम भण्डारी र विज्ञ रिवाज शर्मा सदस्य रहेका छन्। प्राधिकरणको व्यापार शाखाका निर्देशकलाई सदस्य–सचिवको जिम्मेवारी दिइएको छ।

आर्थिक ऐन, २०८३ मा भएको व्यवस्थाअनुसार उत्पादन अनुमति प्राप्त ऊर्जा उत्पादकहरूसँग विद्युत् खरिद सम्झौता गर्ने विषयमा विद्यमान आधार तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट गठित समितिको सिफारिससमेत अध्ययन गरी पीपीएको मापदण्ड तयार गर्न उपसमिति गठन गरिएको प्राधिकरणले जनाएको छ।

उपसमितिले अध्ययन तथा विश्लेषण गरी तयार पार्ने मापदण्डका आधारमा पीपीए प्रक्रिया अघि बढाइनेछ। यससँगै लामो समयदेखि पीपीएको प्रतीक्षामा रहेका ऊर्जा उत्पादकका आयोजनाले समेत प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

प्रकाशित समय : २२:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु