गृहपृष्ठ साउनमा सात कम्पनीका ५४ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत
साउनमा सात कम्पनीका ५४ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत
काठमाडौं। साउनमा धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सात कम्पनीको ५४ करोड १५ लाख १४ हजार ३८२ कित्ता सेयर थपिएको छ।
नेप्सेका अनुसार सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको साधारण सेयर, नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर, माउन्ट एभरेष्ट पावर र चार सामूहिक लगानी कोषका इकाइ नेप्सेमा सूचीकृत भएका हुन्।
सिद्धार्थ इक्विटी फन्डको १२ करोड ५० लाख, सानिमा इक्विटी फन्ड २ को १२ करोड ५० लाख, एलएस होराइजन–१२ को १५ करोड र रिलायबल समृद्धि योजना–२ को १२ करोड ५० वलाख इकाइ नेप्सेमा थपिएको हो। यी इकाइ दोस्रो बजारमा सूचीकृत भएको दोस्रो दिनदेखि नै कारोबार भइरहेको छ।
प्रकाशित समय : ११:१४ बजे


















