काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मेचीनगरबाट चार जना सडक मानवको उद्धार

546
shares

झापा।मानव सेवा आश्रमको झापा शाखाले पूर्वपश्चिम राजमार्गमा अलपत्र अवस्थामा रहेका चार जना सडक मानवलाई मेचीनगरबाट उद्धार गरेको छ ।

मेचीनगरको काँकडभिट्टा, इँटाभट्टा, धुलाबारी र चारआलीबाट गएराति उद्धार गरिएका चारै जनालाई मेचीनगर नगरपालिका–४ बाहुनडाँगीस्थित आश्रममा राखिएको आश्रमका अभिभावक समितिका संयोजक नीलकण्ठ तिवारीले बताए ।

उद्धार गरिएका एक जना केही दिनअघि कारागारबाट कैद अवधि पूरा गरेका व्यक्ति छन् । “कारागारबाट मुक्त भएपछि सडकमा आश्रय लिएर बस्न थालेका छन्,” तिवारीले भने, “आफन्त कोही रहेनछन्, उनलाई पनि उद्धार गरेर ल्याएका छौँ ।”

उद्धार कार्यमा मेचीनगर नगरपालिकाका नगर प्रहरीहरुले सहयोग पुर्याएका थिए । बाहुनडाँगीस्थित मानव सेवा आश्रमको झापा शाखामा हाल एक सय जना आफन्त नभएका सडक मानवले आश्रय पाइरहेका छन् ।