गृहपृष्ठ फागुनदेखि इलामको सुकिलुम्बा विमानस्थलमा तारा एअरले उडान गर्ने

फागुनदेखि इलामको सुकिलुम्बा विमानस्थलमा तारा एअरले उडान गर्ने

फागुनदेखि इलामको सुकिलुम्बा विमानस्थलमा तारा एअरले उडान गर्ने

तारा एअरले इलामको सुकिलुम्बा विमानस्थलमा उडान सेवा सुरु गर्ने भएको छ । इलाम नगरपालिका र तारा एयर प्रा.लि.बीच माघ ३ गते उडान सुरु गर्ने सम्झौता भएको हो ।

सम्झौताअनुसार आगामी फागुन ८ देखि प्रत्येक आइतबार उडान-अवतरण हुने निश्चित भएको नेपाल पर्यटन बोर्डका सदस्य तथा पर्यटन व्यवसायी कृष्ण शाहले जानकारी दिए ।

नगरपालिकाले १२ उडानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । १६ यात्रु सिट क्षमता भएको जहाजले एकतर्फी भाडा आठ हजार ७ सयमा उडान गर्नेछ ।

सम्झौताअनुसार ११/११ जनाको आउने-जाने भाडा इलाम नगरपालिकाले नै तिर्नुपर्नेछ । नगरपालिकाले एकतर्फी भाडा तिरे दुइतर्फ उड्न सहुलियत दिने समेत बताइएको छ । शाहले भने, ‘इलाम आफैमा राम्रो पर्यटकीय गन्तव्य हो । इलामलाई प्रकृति र संस्कृतिको संगम मान्ने गरिन्छ । त्यहाँ पर्यटन, कृषि पर्यटन, चिया पर्यटन, धार्मिक, सांस्कृतिक पर्यटन र मनोरञ्जन पर्यटनको सम्भावना छ । हवाई सेवा नियमित हुन सके इलाम जाने पर्यटकको संख्या बढ्ने हाम्रो अपेक्षा छ ।’ 

पूर्व जान चाहने आन्तरिक पर्यटकको संख्या बढिरहेपनि सडक यातायातबाट जाँदा बढी समय लाग्ने भएकोले हवाई यात्राबाट पर्यटक संख्या बढ्ने उनको भनाइ छ ।

इलाममा सन्दकपुर, माईपोखरी, कन्याम-अन्तुसर्किट, छिन्टापु, सानो पाथीभरा, सिद्धिथुम्का, माङ्मालुङ, माङ्सेबुङ, गजुरमुखी, रेड पाण्डा पाइने वन तथा इलाम सदरमुकाम, पशुपतिनगर आदीले पर्यटक आकर्षित गर्ने विश्वास गरिएको छ ।

प्रकाशित समय : ०१:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु