गृहपृष्ठ पछिल्लाे २४ घण्टामा १० हजार २५४ संक्रमित, ७०८ जना निको
पछिल्लाे २४ घण्टामा १० हजार २५४ संक्रमित, ७०८ जना निको
नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २५४ कोरोना संक्रमित थपिएका छन् । एन्टिजेन र पीसीआर विधिबाट २० हजार १८७ परीक्षण हुँदा १० हजार २५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१४ हजार ४६२ पीसीआर परीक्षण हुँदा ८ हजार २१२ र ५ हजार ७२५ एन्टिजेन परीक्षणमा २ हजार ४२ जनामा संक्रमण देखिएको हो ।
योसँगै सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ । यस्तै २४ घण्टामा ७०८ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या ८ लाख २० हजार २८३ पुगेको मन्त्रालयले तथ्यांकमा उल्लेख छ ।
२४ घण्टामा १६ जनाको मृत्यु भएको छ । सोही अवधिमा १ लाख ९६ हजार ८५७ ले खोप लगाएका छन् ।
प्रकाशित समय : ०१:४४ बजे


















