सिभिल बैँकले ल्यायो कार्डबिनै एटीएमबाट पैसा निकाल्ने प्रविधि
वि.सं.२०७७ फागुन १९ बुधवार २२:०४
shares

सिभिल बैंकले एटीएम कार्डको प्रयोग नगरीकन एटीएमबाट पैसा निकाल्न सकिने प्रविधि ल्याएको छ । नयाँ प्रविधि उपभोग गर्न ग्राहकले सिभिल बैंकको मोबाइल बैँकिङ एप 'सिभिल स्मार्ट' प्रयोग गर्नुपर्नेछ ।
'सिभिल स्मार्ट'मा भएको 'कार्डलेस क्यास' अप्सनमा गई चाहेको रकम प्रविष्ट गरी मोबाइल बैँकिङ एपको पिनकोड हाल्नुपर्छ । त्यसपछि प्राप्त निर्देशनअनुसार सहजै रकम झिक्न सकिने बैँकले जनाएको छ ।
एटीएम कार्ड बोक्नुपर्ने अथवा कार्ड हराउने जोखिम नहुने भएकाले ग्राहक लाभान्वित हुने बैँकको विश्वास छ । एटीएम कार्ड हराउँदा, बिर्सिंदा वा तत्काल पैसा आवशयक परेमा सिभिल बैंकबाट कार्डबिना नै क्यास निकाल्न सकिने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।
देशभर सिभिल बैँकका साढे पाँच लाख ग्राहक छन् । बैँकले ११४ शाखा, ६ एक्सटेन्सन काउन्टर र ८९ एटीएमबाट सेवा प्रवाह गर्दै आएको छ ।

























