काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सेक्स भिडियो सार्वजनिक भएपछि कर्नाटकका जल संशाधनमन्त्रीले दिए राजीनामा

37.3K
shares

एक महिलासँग याैन कार्य गरिरहेको भिडियो सार्वजनिक भएपछि भारतको कर्नाटक राज्यका जल संशाधनमन्त्री रमेश जरकीहोलीले पदबाट राजीनामा दिएका छन् ।उनले आफूमाथि लागेको यौन दुर्व्यवहारको मुद्दासम्बन्धी आरोपबारे अनुसन्धानका लागि नैतिक रुपमा बुधबार राजीनामा दिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । यद्यपि जरकीहोलीले आफू यो मामिलामा निर्दोष रहेको दाबी गरेका छन् ।

जरकीहोलीले दिएको राजीनामा मुख्यमन्त्री बीएस येदियुरप्पाले स्वीकृत गरेका छन् र अनुमोदनका लागि गभर्नरलाई पठाएका छन् । सत्तारुढ पार्टीका नेताहरुले भने यो राजनीतिक पूर्वाग्रहबाट अभिप्रेरित घटना हुन सक्ने भन्दै यस विषयमा अनुसन्धानबाट मात्र सबै कुरा खुल्ने बताएका छन् ।

सामाजिक कार्यकर्ता दिनेश कल्लाहल्लीले सीडी सार्वजनिक गर्दै रोजगारी दिने प्रलोभन देखाएर मन्त्री जारकिहोलीले महिलाको यौन शोषण गरेको आरोप लगाएका छन् । उनले महिला र मन्त्रीबीचको भिडियो, स्क्रिनसट र टेलिफोन वार्ता पनि सार्वजनिक गरेका थिए ।