काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रदेश २ मा दलित विकास समितिका पदाधिकारी नियुक्त

17.54K
shares

प्रदेश २ सरकारले गठन गरेको दलित विकास समितिका पदाधिकारी र सदस्यहरुलाई बुधबार नियुक्ति पत्र प्रदान गरिएको छ । सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले उनीहरुलाई नियुक्ति पत्र प्रदान गरेका हुन् ।

नियुक्ति पत्र प्रदान गर्दै राउतले दलितको पहिचान र अधिकार संरक्षित गर्न समितिले प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरे । प्रदेशमा रहेका १८ प्रतिशत दलित समुदायको पहिचान र अधिकार संरक्षित गर्न सरकारले दलित सशक्तीकरण ऐन ल्याएको उनले बताए ।

२१औं शताब्दीमा पनि छुवाछुत जस्ता अमानवीय व्यवहार झेलिरहेका दलित समुदायको अभैm राज्यको निकायमा प्रतिनिधित्व हुन नसकेको मुख्यमन्त्री राउतले असन्तुष्टि जनाए । समितिमा प्रतिनिधित्व हुन नसकेको दलित समुदायको पनि सम्मान गरेर अघि बढ्न मुख्यमन्त्री राउतले समितिलाई निर्देशन दिए ।

समितिको अध्यक्ष सामाजिक विकासमन्त्री रहने व्यवस्था छ । हाल सामाजिक विकासमन्त्री नवलकिशोर साह छन् । उपाध्यक्षमा रामप्रवेश बैठा, सदस्यहरु सेबकीदेवी दास, श्यामसुन्दर सरदार, राजकुमार दास तत्मा र सुनिता मरिक छन् ।