काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दुई दिनमै सय अंक घट्यो नेप्से, साल्ट ट्रेडिङ र चन्द्रागिरिमा सर्किट

12.31K
shares

सेयर बजार परिसूचक नेप्से दुई दिनमै सय अंक ओरालो लागेको छ । करिब १६२ अंकको करेक्सनपछि सोमबार ४० अंक बढेको बजार मंगलबार ५९.७ र बुधबार ३९.२३ अंकले घटेको हो । परिसूचक बुधबार २४१६ अंकमा ओर्लिएको छ ।

आज बजार खुलेदेखि नै तीव्र उतारचढाव आएको थियो । कारोबार समयभर उतारचढाव कायम रह्यो । आज पनि व्यापार र होटल तथा टुरिजमबाहेकका सबै समूह राताम्य बनेका छन् ।

चन्द्रागिरि हिल्स र साल्ट ट्रेडिङ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेपछि ती दुवै समूहमा हरियाली छाएको हो । व्यापार समूह ९.२६ र होटल एन्ड टुरिजम समूह १.६५ प्रतिशतले बढेका छन् ।

आज २१२ कम्पनीको १ करोड १३ लाख ९२ हजार १३५ कित्ता सेयर ६ अर्ब २५ करोड ४८ लाख रुपैयाँबराबरमा किनबेच भएको छ । कारोबार रकम मंगलबारको भन्दा धेरै हो । मंगलबार ६ अर्ब ११ करोडबराबरको सेयर कारोबार भएको थियो ।