सुनचाँदीको मूल्य आज पनि बढ्यो
वि.सं.२०८३ मंसिर ११ शुक्रवार १०:५१
shares

काठमाडौँ – स्थानीय बजारमा सुनचाँदी मूल्य बढेको छ । छापावाल सुन प्रतितोला तीन हजार ३०० र असली चाँदी १२० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४६ हजार १०० र असली चाँदीको मूल्य तीन हजार १९५ कायम भएको छ ।
हिजो छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४२ हजार ८०० र असली चाँदीको मूल्य तीन हजार ७५ कायम भएको थियो ।
























