काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित

945
shares
पाँचथर । फिदिम नगरपालिकाको आयोजना तथा मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा पाँचथर जिल्ला अस्पतालमा सञ्चालित निःशुल्क आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित भएका छन् ।
बिहीबार सम्पन्न त्रिदिवसीय शिविरमा १०३ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । साथै ५५८ जनालाई निःशुल्क चस्मा वितरण गरिनुका साथै अन्य बिरामीलाई आवश्यकताअनुसार औषधि वितरण गरिएको फिदिम नगरपालिकाका नगरप्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए ।
पाँचथरसहित पूर्वी पहाडी जिल्लाहरुमा आँखाको उपचार गर्ने सुविधायुक्त अस्पताल नभएकाले शिविर सञ्चालन गएिको उनले बताए । शिविर नेत्र विशेषज्ञसहितको १८ जनाको टोलीले सञ्चालन गरेको हो ।