नेपाल पुनर्बीमाले १६.९२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने
वि.सं.२०८३ मंसिर ११ शुक्रवार १३:३४
shares

काठमाडौं – नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्याउने उद्देश्यले १६.९१७६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १६.९१७६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव आगामी वार्षिक साधारणसभामा पेस गर्ने निर्णय गरेको हो ।
कम्पनीमा नेपाल सरकारको हाल कायम ४४.०३९० प्रतिशत शेयर स्वामित्व नघट्ने गरी पुँजी वृद्धि गर्न सरकारले सहमति दिएको छ । सोही सहमतिअनुसार चालु आर्थिक वर्षमा सरकारका तर्फबाट हकप्रद शेयरमा १ अर्ब रुपैयाँ लगानी प्राप्त हुने सुनिश्चित भएपछि उक्त रकमको अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।
























