काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेता आङ्देम्बेले भने- सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लेऊ

1.07K
shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले वैकल्पिक आवासको व्यवस्था नगरी सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।

उनले भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन नगरी उनीहरूलाई विस्थापित गर्नु निन्दनीय भएको बताएका छन् ।

कांग्रेसले यसअघि नै भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको पहिचान तथा तथ्यांक संकलन गरी वैकल्पिक आवासको व्यवस्था गरेर मात्रै व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएको उनले स्मरण गराउँदै सरकारले पहिचान र आवासको व्यवस्था नगरी वर्षायाममै डोजर चलाएर नागरिकलाई विस्थापित गरेको र व्यवस्थापन तथा लालपुर्जाको आश्वासन दिएर महिनौँसम्म अनिश्चिततामा राखेको आरोप लगाएका छन् ।

अहिले हिउँदको कठ्याङ्ग्रिँदो मौसममा भक्तपुरको बोडे र खरिपाटीस्थित होल्डिङ सेन्टरबाट समेत सुकुमवासीलाई हटाउन खोजिएको भन्दै उनले आपत्ति जनाएका छन् । ‘वैकल्पिक आवासको व्यवस्था नगरी नागरिकलाई सडकमा पुर्‍याउने अधिकार सरकारलाई छैन,’ उनले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन् ।

संविधानको धारा ३७ (१) ले प्रत्येक नागरिकलाई आवासको हक प्रदान गरेको उल्लेख गर्दै उनले यो नागरिकको मौलिक अधिकार भएको बताएका छन्। ‘राज्यको जिम्मेवारी नागरिकको आश्रय खोस्ने होइन, आश्रयविहीनलाई सुरक्षित आवास उपलब्ध गराउने हो,’ आङ्देम्बेले भनेका छन् ।