global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ कैलालीमा बढ्दै क्षतिको सम्भावना, छैन न्यूनिकरणको तयारी

कैलालीमा बढ्दै क्षतिको सम्भावना, छैन न्यूनिकरणको तयारी

कैलालीमा बढ्दै क्षतिको सम्भावना, छैन न्यूनिकरणको तयारी

लगातारको बर्षाले कैलालीका नदीमा पानीको सतह बढेको छ भने विभिन्न क्षेत्र डुबानमा परेका छन् । अविरल बर्षासँगै आएको बाढी र डुबानका कारण धनजनको क्षति हुन थालेको छ । नदीहरुमा पानीको बहाव बढ्नुका साथै जमिन कटान गर्न थालेको छ । नदीमा पानीको बहाव र बर्षाको विवरण देखाउन जिल्ला प्रशासन कार्यालय कैलालीमा राखिएका डिस्प्ले बोर्ड बिग्रिएका छन् । पूर्वसूचना दिन राखिएका डिस्प्ले बोर्ड बिग्रिएको लामो समय भइसक्दा पनि बनाउन कसैले चासो दिएका छैनन् ।

कर्णाली र मोहना नदीको पानिको सतहलाइ देखाउन जडान गरिएको डिस्प्ले बोर्डहरु गत पुसमै बिग्रिएका थिए । तर, मर्मत गर्ने विषयमा सम्बन्धित निकाय उदाशीन देखिएका छन् ।

बाढी र डुबानले धनजनको क्षति हुन थालेपछि सरोकारवाला निकायले डिस्प्ले बोर्डहरु मर्मत गर्ने बताएका छन् तर काम चाहिँ गरेका छैनन् । ‘तुरुन्तै बनाउने तयारी गर्दैछौँ,’ कैलालीका प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले भने, ‘केही स्थानका बोर्ड चाहिँ मर्मत गरिसकेका छौँ ।’

रेडक्रक सोसाइटी कैलालीका सभापति उत्तमराज जोशीले बोर्डहरु समयमै बनाउँदा सम्भावित क्षति न्युनिकरण गर्न सकिने बताए । ‘तर सरोकारवाला निकाय यसप्रति गम्भीर देखिएका छैनन् ।’जोशीले भने ।

बर्सेनी बाढी र डुबानले जनधनको क्षति गर्न थालेपछि पूर्व सूचना दिन डिस्प्ले बोर्ड जडान गरिएको थियो । यता, प्रशासनले विपद् व्यवस्थापनको तयारी तीव्र पारेको दाबी गरेको छ ।

प्रकाशित समय : १३:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु