काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

देउवा सरकारले गरेका राजनीतिक नियुक्ति बदर, कांग्रेसको आपत्ति

9.91K
shares

कांग्रेस नेतृत्वको तत्कालीन सरकारले भदौ १४ पछि गरेका राजनीतिक नियुक्ति फिर्ता लिने ओली सरकारको निर्णयप्रति कांग्रेसले आपत्ती जनाएको छ ।

कांग्रेस नेता एवं त्यतिबेलाका वाणिज्यमन्त्री मीन विश्वकर्माले निर्वाचन आयोगको अनुमति लिएर गरिएका निर्णय बदर गरेर ओली सरकारले असंवैधानिक कदम चालेको प्रतिक्रिया दिए । ‘यो आपत्तीजनक निर्णयप्रति हामी घोर भत्र्सना गर्छौँ,’ विश्वकर्माले न्युजकारोबारसँग भने, ‘यसबारे हामी संसदमा पनि कुरा उठाउनेछौँ ।’

बुधबार मन्त्रिपरिषद् बैठकले भदौ १४ देखि फागुन २ सम्म भएका सबै राजनीतिक नियुक्तिहरु बदर गर्ने निर्णय गरेको हो ।