काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

दुई बिरामीलाई लिएर बेलायतमा हंगामा

6.72K
shares

बेलायतमा सिकिस्त दुई बिरामीमा स्नायुप्रणालीमा असर गर्ने रसायन भेटिएको छ, जो पूर्व रुसी जासुस सर्जेइ स्क्रिपल र उनकी छोरीको हत्या प्रयासमा प्रयोग भएको थियो ।

बेलायतका प्रहरी प्रवक्ता नील बसुका अनुसार रासायनिक हतियार विशेषज्ञले नर्भ एजेन्ट नोविचोक प्रयोगकाृ पुष्टि गरेका छन् । चार्ली रोली र डन स्ट्रगस नामका व्यक्ति विल्टशरस्थित आफ्नो घरमा बेहोस अवस्थामा भेटिएका थिए र गत शनिबार उनीहरुलाई भनाइ गराइएको थियो ।

यस खालको लक्षण अहिलेसम्म अन्य कुनै पनि व्यक्तिमा देखिएको छैन । यस घटनामा कोहीमाथि शंका गर्ने ठाउँ पनि नमिलेको प्रहरीले जनाएको छ । किनकि, पीडितलाई जानाजान निशाना बनाउनुपर्ने खालको कुनै कारण नदेखिएको प्रवक्ता बसुलाई उदृत गर्दैै बीबीसीले उल्लेख गरेको छ ।