ब्राजिलले आप्रवासीलाई रोक लगाएपछि हिंसात्मक झडप
वि.सं.२०७५ भदौ ४ सोमवार १५:५३
shares

आप्रवासीलाई रोक लगाएपछि सीमा क्षेत्रमा हिंसात्मक झडप भएपछि ब्राजिलले सेना परिचालन गरेको छ । भेनेजुएलाबाट गैरकानूनी प्रवेश गर्न लागेका आप्रवासीलाई बाज्रिलले सीमामा नै रोकेपछि हिंसात्मक झडप भएको बीबीसीले उल्लेख गरेको छ ।
राजनीतिक संकट भएपछि भेनेजएलाका नागरिक कोलम्बिया हुँदै प्रवेश गर्न खोजेपछि बाज्रिलले रोक लगाएको हो । ब्राजिलले आप्रवासीलाई प्रवेश दिन आफु तयार नरहेको बताएको छ ।
भेनेजुएलामा खाद्यन्न लगायतको अभाव भएपछि नागरिक अन्य देश प्रवेश गर्ने क्रम बढ्दो छ ।

























