काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पूर्वराजदूत केशव झा मृत फेला, हत्या भएको आशंका

25.64K
shares

फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झा मृत फेला परेका छन् । झा गए राति काठमाडौंको बबरमहलस्थित आफ्नै निवासमा मृत फेला परेका हुन् । उनको हत्या भएको आशंका गरिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी वसन्त लामाका अनुसार झा सोमबार बिहान बन्द कोठामा आफ्नै घरको किचेनको चक्कुको गहिरो चोटसहित मृत भेटिएका हुन् ।

हत्या भएको हुन सक्ने भन्दै अनुसन्धान सुरु गरिएको एसएसपी लामाले न्युज कारोबारलाई बताए । प्रहरीका अनुसार झा बसेको कोठाको ढोका बिहानसम्म नखुलेपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । प्रहरी पुगेर त्यहाँको ढोका खोल्दा झा मृत फेला परेका थिए ।

‘हामी पुग्दा ढोका बन्द थियो, फोरेर हेर्दा भित्र झा मृत भेटिनुभएको थियो, घाँटीमा चक्कुको गहिरो चोट छ,’ एसएसपी लामाले भने, ‘अनुसनधान सुरु भएको छ ।’ उनीसँगै एउटा चक्कु पनि फेला परेको छ । ८० वर्षीय झा आफ्नो पत्नी र सहयोगीसँग बस्दै आएका थिए ।

परराष्ट्र सेवामा ३४ वर्ष बिताएका झा फ्रान्समा नेपालका तर्फबाट ‘चिफ अफ प्रोटोकल’ राजदूत हुने झा पहिलो व्यक्तिसमेत हुन् ।