काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेकपाको ७ नम्बर प्रदेश प्रमुखमा थापा सिफारिस

20.83K
shares

नेकपाको सात नम्बर प्रदेश कार्यदलले प्रतिवेदन तयार पारेको छ । कर्यदलले तयार पारेको प्रतिवेदनमा सात नम्बर प्रदेशको प्रमुख तत्कालिन एमालेको भागमा परेको छ भने सचिव तत्कालिन माओवादी केन्द्रको भागमा परेको छ ।

प्रदेश प्रमुखमा एमालेका कर्णबहादुर थापाको नाम कार्यदलले सिफारिस गरेको छ । त्यस्तै सचिवमा माओवादीका लक्ष्मी जोशीको नाम सिफारिस गरेको छ । प्रदेश ७ को इन्चार्जको भने टुंगो लागेको छैन । माओवादी केन्द्रका लेखराज भट्टलाई इन्चार्ज बनाउने सम्भावान रहेको छ ।

९ जिल्ला रहेको सात नम्बर प्रदेशमा ५ जिल्लाको नेतृत्व तत्कालिन एमालेले पाएको छ भने ४ जिल्ला तत्कालिन माओवादीको भागमा परेको छ । त्यस्तै प्रदेश कार्यदलले १८३ सदस्यीय प्रदेश कमिटी बनाउने प्रस्ताव गरेको छ ।

जसमा एमालेबाट १ सय र ८३ जना माओवादीबाट रहने छन् । सात नम्बर प्रदेश कार्यदलमा भीम रावल, लेखराज भट्ट, कर्णबहादुर थापा र लक्ष्मीदत्त जोशी सदस्य छन् ।