काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

1.49K
shares

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा दूषित मदिरा सेवनबाट कम्तीमा ११ जनाको मृत्यु भएको छ भने १८० भन्दा बढी बिरामी अस्पताल भर्ना भएका छन् ।

मदिरा सेवनपछि मानिसहरू बिरामी परेको जानकारी दिँदै मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले शुक्रबार घटनाको अनुसन्धान गर्न निर्देशन दिएको छन् । उनका अनुसार पछिल्लो ४८ घण्टामा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने दुई अस्पतालमा १८० भन्दा बढी बिरामी उपचाररत छन् ।

मुख्यमन्त्री सिंहले घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी कारबाही गरिने बताएको छन् ।

भारतमा अवैध तथा मिसावटयुक्त मदिरा सेवनबाट मृत्यु हुने घटना बारम्बार हुने गरेका छन् । नियमनबाहिर बिक्री हुने सस्तो मदिरामा अत्यन्त विषाक्त औद्योगिक रसायन मिथानोल मिसाइएको हुन सक्ने बताइन्छ ।

गत मे महिनामा पश्चिमी राज्य महाराष्ट्रको पुणे र छिमेकी पिम्परी–चिन्चवाडमा मिथानोल मिसाइएको अवैध मदिरा सेवनबाट कम्तीमा १५ जनाको मृत्यु भएको थियो । त्यस्तै, स्थानीय सञ्चारमाध्यमका अनुसार गत अगस्टमा गुजरातको भावनगर जिल्लामा दूषित मदिरा सेवनबाट १३ जनाको मृत्यु हुनुका साथै ६० भन्दा बढी प्रभावित भएका थिए ।

भारतका विभिन्न क्षेत्रमा यस्तो मदिरा व्यापक रूपमा बिक्री हुने गरेको छ । कतिपय स्थानमा एक अमेरिकी डलरभन्दा कम मूल्यमा बोतलमा मदिरा पाइन्छ । मिथानोल सेवनले अन्धोपन र कलेजोमा क्षति पुर्‍याउनुका साथै बढी मात्रामा सेवन भएमा ज्यानसमेत जान सक्छ ।