काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पत्रकारद्वय गौतम र झालाई ‘उत्कृष्ट शिक्षा पत्रकारिता अवार्ड’

1.32K
shares

जनकपुरधाम। शिक्षा क्षेत्रका गतिविधि, उपलब्धि र चुनौतीलाई पत्रकारितामार्फत उजागर गर्दै आएका पत्रकारद्वय दिनेश गौतम र मणिका झा यस वर्षको ‘उत्कृष्ट शिक्षा पत्रकारिता अवार्ड’बाट सम्मानित भएका छन् ।

प्रधानाध्यापक सङ्घ नेपाल (पान)ले जनकपुरधाममा आयोजना गरेको तेस्रो राष्ट्रिय शिखर सम्मेलन–२०८३ को अवसरमा उन्लाई जनही नगद २५ हजारसहित सम्मान गरेको हो । पूर्वराष्ट्रपति डा रामवरण यादवले पत्रकारद्वयलाई अवार्ड प्रदान गर्े ।

सोहीअवसरमा राष्ट्रिय शिक्षा पुरस्कारबाट काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति स्वर्गीय प्रा डा सुरेशराज शर्मालाई मरणोपरान्त सम्मान गरिएको छ । सङ्घले शिक्षा क्षेत्रको विकास र गुणस्तरीय शिक्षामा योगदान पु¥याउने स्थानीय तह, विद्यालय तथा प्रधानाध्यापकलाई समेत विभिन्न विधामा सम्मान गरेको छ ।

स्थानीय सरकार पुरस्कारअन्तर्गत महानगरपालिका तथा उपमहानगरपालिकासहित प्रत्येक प्रदेशबाट उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान गरिएको हो ।

त्यस्तै, विद्यालय पुरस्कारअन्तर्गत सातै प्रदेशका उत्कृष्ट सामुदायिक माध्यमिक तथा आधारभूत विद्यालय र प्रधानाध्यापक पुरस्कारअन्तर्गत उत्कृष्ट विद्यालयका प्रधानाध्यापकलाई सम्मान गरिएको छ । सङ्घका मधेस प्रदेश संयोजक सञ्जयकुमार झाका अनुसार आधारभूत र माध्यमिक तहका गरी १४ विद्यालय, १५ स्थानीय तह तथा १४ प्रधानाध्यापकलाई सम्मान गरिएको छ ।

आधारभूत तहका उत्कृष्ट प्रधानाध्यापकतर्फ कोशी प्रदेशबाट राजेशप्रसाद यादव, मधेसबाट प्रेमकुमारी यादव, बागमतीबाट विनिता रञ्जित, गण्डकीबाट विश्वमोहन पोखरेल, लुम्बिनीबाट गङ्गा शर्मा, कर्णालीबाट ज्ञानु गुरुङ र सुदूरपश्चिमबाट मानसिंह ऐर सम्मानित भएको छन् ।

आधारभूत तहका उत्कृष्ट प्रधानाध्यापकतर्फ कोशी प्रदेशबाट राजेशप्रसाद यादव, मधेशबाट प्रेमकुमारी यादव, बागमतीबाट बिवनता रञ्जित, गण्डकीबाट विश्वमोहन पोखरेल, लुम्बिनीबाट गङ्गा शर्मा, कर्णालीबाट ज्ञानु गुरुङ र सुदूरपश्चिमबाट मानसिंह ऐर सम्मानित भएको छन् ।

त्यस्तै माध्यमिक तहतर्फ कोशीबाट डा इन्द्रमोहन झा, मधेसबाट गौरीशङ्कर चौधरी, बागमतीबाट दलबहादुर बल, गण्डकीबाट शान्त नेपाली, लुम्बिनीबाट मोहनप्रसाद सापकोटा, कर्णालीबाट खड्क रोकाया र सुदूरपश्चिमबाट लक्ष्मणदत्त भट्ट सम्मानित भएको छन् ।

प्रधानाध्यापक सङ्घका अध्यक्ष सुदाम गौतमका अनुसार मङ्सिर ४ गतेदेखि सुरु भएको सम्मेलन ६ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा देशभरबाट करिब एक हजारको सहभागिता रहेको आयोजकले जनाएको छ ।