काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

होर्मुज जलमार्गमा नौसैनिक माइनमा ठोक्किँदा तेल ट्यांकरमा आगलागी

840
shares

काठमाडौं । ओमानको खासाब बन्दरगाह प्रवेश गर्ने क्षेत्रमा नौसैनिक माइनमा ठोक्किएपछि एउटा तेल ट्यांकर विस्फोट भएर आगलागी भएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) को नौसेनाले जनाएको छ ।

शुक्रबार जारी विज्ञप्तिमा ट्यांकर अमेरिकी सेनाको सहयोगमा होर्मुज जलमार्गमा अनधिकृत मार्गबाट पार गर्ने प्रयासमा रहेको बेला माइनमा ठोक्किएको दाबी गरिएको छ । आईआरजीसीको आधिकारिक सञ्चार माध्यम सेपाह न्युजमार्फत सार्वजनिक विज्ञप्तिमा नौसेनाले उक्त जानकारी दिएको हो ।

नौसेनाले होर्मुज जलमार्ग र खाडी क्षेत्रमा अनुमति नलिई हुने कुनै पनि जहाजको आवागमन आफ्नो निगरानीबाट उम्कन नसक्ने चेतावनी दिएको छ । उसले ट्यांकरहरू नौसैनिक माइनमा ठोक्किनुमा जलमार्गसम्बन्धी नियम उल्लंघन, अनधिकृत मार्गको प्रयोग र अमेरिकी सेनाले फैलाएको भनिएको गलत सूचनामा विश्वास गर्नु जिम्मेवार रहेको आरोप लगाएको छ ।

यसअघि फेब्रुअरी २८ मा इरानले आफ्नो भूभागमा अमेरिका र इजरायलले संयुक्त आक्रमण गरेपछि होर्मुज जलमार्गमा आवागमन नियन्त्रण कडा बनाएको थियो । इरानले अमेरिका र इजरायलसँग सम्बन्धित वा उनीहरूको स्वामित्वमा रहेका जहाजलाई सुरक्षित आवागमनको अनुमति नदिने घोषणा गरेको थियो । सीसीटीभी प्यलस