काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

५० वर्षपछि आयोजित महायज्ञमा राष्ट्रपति पौडेल सहभागी

336
shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौंको जनबहालस्थित कनक चैत्य महाविहार (सेतो मच्छिन्द्रनाथ मन्दिर) परिसरमा जगत्कल्याण र विश्वशान्तिको कामनासहित ५० वर्षपछि आयोजना गरिएको महायज्ञमा सहभागी भएका छन् ।

आर्यावलोकितेश्वर सुधार समूहको आयोजनामा बिहीबारदेखि सुरु भएको महायज्ञको अन्तिम दिन शनिबार राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित सहभागी भएका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले सेतो मच्छिन्द्रनाथ मन्दिरको दर्शन गर्नुका साथै महायज्ञको हवनमा सहभागी भएर भेटीसमेत प्रदान गरेका थिए ।

नेवाः बौद्ध तथा तान्त्रिक परम्पराअन्तर्गत विशेषगरी वज्रयान बौद्ध परम्परामा अयुता हुति महायज्ञलाई अत्यन्त दुर्लभ र महत्त्वपूर्ण धार्मिक अनुष्ठानका रूपमा लिइने आर्यावलोकितेश्वर सुधार समूहका अध्यक्ष निलकाजी शाक्यले जानकारी दिए ।

उनका अनुसार महायज्ञमा अग्नि स्थापना, तोंछा पूजा, धर्मदेशना, स्वस्तिक वाचन तथा विभिन्न धार्मिक पूजापाठलगायत विधि समावेश गरिएको छ ।

काठमाडौं उपत्यकाको नेवाः संस्कृतिमा विशेष महत्त्व राख्ने उक्त महायज्ञ कनक चैत्य महाविहारलगायत ऐतिहासिक विहारहरूमा तीन दिनसम्म विशेष तान्त्रिक विधि, पञ्चोपचार पूजा तथा गुठी समुदायको सहभागितामा सम्पन्न गर्ने परम्परा रहेको छ ।

महायज्ञमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुनिता डंगोललगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।