काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

378
shares

इन्जिनमा आगो वा स्पार्क देखिएको सङ्केतपछि हङकङबाट पपुवा न्युगिनीतर्फ उडेको एयर न्युगिनीको विमानले शनिबार दक्षिणी फिलिपिन्सको डाभाओ अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन अवतरण गरेको छ । विमानमा सवार १३७ यात्रु र नौ चालकदलका सदस्य गरी सबै १४६ जना सुरक्षित रहेका छन् ।

फिलिपिन्सको नागरिक उड्डयन प्राधिकरणका अनुसार बोइङ ७६७–३८३ ईआर विमानका पाइलटले दायाँ इन्जिनमा सम्भावित आगो वा स्पार्क देखिएको सङ्केत पाएपछि सुरक्षा प्रक्रिया अपनाएर विमानलाई निर्धारित मार्गबाट डाभाओतर्फ मोडेका थिए । मध्यरातपछि गरिएको अवतरणका क्रममा आपत्कालीन स्लाइड प्रयोग गरी बाहिरिएका कसैलाई चोटपटक लागेको छैन ।

प्राधिकरणका प्रवक्ता एरिक अपोलोनियोले पाइलटहरूले दिएको विवरण घटनाको अनुसन्धानमा समावेश गरिने बताएको छन् ।

अवतरणपछि यात्रु तथा चालकदलका सदस्यलाई विमानस्थलको टर्मिनलमा लगेर आवश्यक सहायता र होटलको व्यवस्था गरिएको थियो । विमानमा क्षति पुगेको तत्काल विवरण प्राप्त भएको छैन ।

घटनापछि सुरक्षा जाँचका लागि डाभाओ विमानस्थल केही समय बन्द गरिएको थियो । यसबाट दुईवटा आन्तरिक उडान रद्द भए पनि मुख्य धावनमार्गको जाँच पूरा भएपछि विमानस्थल पुनः सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ ।रासस