काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास

693
shares

इजरायलका विपक्षी नेता अभिग्डोर लिबरम्यानले पूर्व सेना प्रमुख गदी आइसेनकोटको नेतृत्वमा बन्ने आगामी सरकारमा दुवै अति–रूढिवादी यहुदी दल हरेदी सहभागी हुनेमा आफू शतप्रतिशत विश्वस्त रहेको बताएको छन् ।

च्यानल १२ सँग कुरा गर्दै उहाँले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारको आलोचना गरे । उनले अमेरिकी जनमतमा इजरायलप्रतिको समर्थन राज्य स्थापना भएयताकै कमजोर अवस्थामा पुगेको दाबी गरे।

इरानसँग सम्भावित नयाँ सैन्य टकरावबारे उहाँले तत्काल कुनै सैन्य कारबाहीको आवश्यकता नरहेको बताए । नेतान्याहुले राजनीतिक स्वार्थका लागि इरानसँगको तनाव उपयोग गर्न खोजेको आरोप लगाउँदै अहिले कुनै सैन्य कदम चालिए त्यो विशुद्ध राजनीतिक उद्देश्यबाट प्रेरित हुने उनको भनाइ थियो ।

लिबरम्यानको पछिल्लो धारणा उनको यसअघिको अडानभन्दा फरक छ । उनले पहिले हरेदी र अरब दललाई बाहिर राखेर धर्मनिरपेक्ष विपक्षी गठबन्धन बनाउनुपर्ने तथा अनिवार्य सैन्य भर्तीसम्बन्धी कानूनमा कुनै सम्झौता गर्न नहुने बताएको थिए। तर, चार विपक्षी जियोनिस्ट दलबाट मात्र सरकार गठनका लागि आवश्यक ६१ सिट जुटाउन कठिन रहेको उनले स्वीकार गर्े ।

अरब दलको समर्थनमा अल्पमतको सरकार बनाउने विकल्पलाई भने उनले अस्वीकार गरे। त्यस्तो प्रयासले अन्ततः नेतान्याहुलाई ७० सिटसहित पुनः सत्तामा फर्काउने उनको तर्क छ । बरु सास र संयुक्त तोराह यहुदी धर्म पार्टीसँग सहकार्य गरेर सरकार गठन गर्नुपर्ने उहाँको धारणा छ । हरेदी नेताहरूसँग प्रत्यक्ष वार्ता नभए पनि दुवै दल नयाँ सरकारमा सहभागी हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।

यसैबीच, नेतान्याहुले राष्ट्रिय एकताको सरकार गठन गर्नुपर्ने प्रस्ताव दोहो¥याउनुभएको छ । उहाँले सामाजिक सञ्जाल एक्समार्फत यहुदी जनताको राष्ट्रका रूपमा इजरायललाई स्वीकार गर्ने सबै राजनीतिक पक्षलाई सरकारमा सहभागी गराउनुपर्ने बताएको थिए । हरेदी दलसँग सहकार्य गर्ने र तोराहका विद्यार्थीहरूको हैसियतसम्बन्धी व्यवस्था आपसी सहमतिमा कानूनमार्फत टुङ्ग्याउने उनको भनाइ थियो ।

इजरायली राष्ट्रपति आइज्याक हर्जोगले नोभेम्बर ८ मा याशर पार्टीका नेता आइसेनकोटलाई सरकार गठनको जिम्मेवारी दिएको थिए । उनलाई १२० सदस्यीय नेसेटमा बहुमतका लागि आवश्यक ६१ सांसदको समर्थन जुटाउन २८ दिनको समय दिइएको छ । थप १४ दिन समय बढाउन सकिने व्यवस्था छ ।

गत अक्टोबर २७ को निर्वाचनमा नेतान्याहु नेतृत्वको दक्षिणपन्थी गठबन्धनले ५३ र आइसेनकोटको चारदलीय गठबन्धनले ४८ सिट जितेका थिए । संयुक्त सूचीले ११ र रामले आठ सिट प्राप्त गरेका थिए । अरब दलहरूको समर्थनमा औपचारिक गठबन्धन बनाउन भने आइसेनकोट पक्षका नेताहरूले अस्वीकार गर्दै आएका छन् ।रासस