काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

378
shares

इरान युद्धले हर्मुज जलघाँटीको समुद्री वातावरण र वन्यजन्तुमा पारेको जोखिम उजागर गर्न बेलायती पौडी खेलाडी लुइस पुघले द्वन्द्वग्रस्त जलमार्गमा तीन दिन लगाएर करिब १५ किलोमिटर पौडी खेलेका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासागरसम्बन्धी संरक्षकसमेत रहेका ५६ वर्षीय पुघले पौडीका क्रममा नजिकै तेल ट्याङ्करमा आक्रमण हुँदा विस्फोट भएको देखे । उनका अनुसार जहाजमा भएको आक्रमण र त्यसबाट फैलिने तेल तथा रासायनिक प्रदूषणले समुद्री जीव, मुगा चट्टान र म्यान्ग्रोभ वनलाई दीर्घकालीन जोखिममा पार्न सक्छ ।

उनले युद्धअघि ओमानी तटमा पौडी खेल्दा देखेका सयौँ समुद्री कछुवा तथा यसपटक डल्फिन र ओस्प्रे चराहरूको उपस्थितिले यस क्षेत्रको प्राकृतिक महत्त्व स्मरण गराएको बताए । तेल प्रदूषण सफा गर्न कठिन हुने र यसको असर पुस्तौँसम्म रहन सक्ने उनको भनाइ छ ।

युद्धका क्रममा दर्जनौँ ट्याङ्कर क्षतिग्रस्त भएका छन् । इरानले जलमार्गमा आफ्नो नियन्त्रण कायम गर्ने प्रयासस्वरूप जहाजमाथि आक्रमण बढाएको छ । युद्धअघि विश्वको कुल तेल कारोबारको करिब पाँचौँ भाग हर्मुज जलघाँटी हुँदै ओहोरदोहोर हुने गरेको थियो ।

समुद्री वातावरण संरक्षणका लागि चार दशकदेखि सक्रिय पुघले उत्तरी ध्रुव, अन्टार्कटिका र विश्वका विभिन्न समुद्री क्षेत्रमा पौडी खेलेर वातावरणीय मुद्दामा ध्यान आकर्षित गर्दै आउनुभएको छ । उनले युद्ध रोक्न, हर्मुज जलघाँटी खुला राख्न र प्रदूषण सफा गर्नुपर्ने सन्देश दिएको छन्।