पोखराको विश्व शान्ति स्तुपामा देखिएको विदेशी पर्यटकको चहलपहल
वि.सं.२०८३ मंसिर ५ शनिवार १४:५०
shares

पोखरा । पोखराबाट करिब आठ किलोमिटर दक्षिणपश्चिममा रहेको विश्वशान्ति स्तूपा आन्तरिक तथा विदेशी पर्यटकको प्रमुख आकर्षणको केन्द्र हो । गौतम बुद्धको अस्थिधातु राखेर जापानी शैलीमा निर्मित स्तूपा ११५ फिट अग्लो र ३४४ फिट गोलाइको छ ।
करिब २२ रोपनी क्षेत्रफलमा फैलिएको स्तूपमा जापान, श्रीलंका, थाइल्यान्ड र नेपालमा निर्मित बुद्धका विभिन्न मुद्रा र स्वरूपका मूर्ति पनि राखिएका छन् । यहाँबाट माछापुच्छ्रे हिमाल, सराङकोट र फेवातालको मनोरम दृश्य समेत अवलोकन गर्न सकिन्छ ।























