काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कमला पुल सञ्चालनको तयारी अन्तिम चरणमा

882
shares

जनकपुरधाम। सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमाथिको निर्माणाधीन पुल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । नदीको धार नियन्त्रण गरी पानीको बहाव पुलमुनिबाट गराउन सफल भएपछि पुल सञ्चालनका लागि आवश्यक काम अघि बढाइएको छ ।

हुलाकी राजमार्ग आयोजना निर्देशनालय, जनकपुरधामका प्रमुख कृष्णकुमार महतोका अनुसार सिरहातर्फ तटबन्ध निर्माण गरी नदीको धार नियन्त्रण गरिएको छ । नदीको धार परिवर्तन भएसँगै पुललाई दुवैतर्फको सडकसँग जोड्ने काम भइरहेको उनले जानकारी दिए ।

उनका अनुसार अहिले पुलको दुवैतर्फ माटो भर्ने र रेलिङ लगाउने काम भइरहेको छ । यी काम सम्पन्न भएपछि पुल सञ्चालनमा ल्याइनेछ ।

कमला नदीमा पुल नहुँदा सिरहा र धनुषाका बासिन्दाले वर्षौंदेखि आवागमनमा कठिनाइ भोग्दै आएका थिए । विशेषगरी वर्षायाममा नदीमा पानीको बहाव बढ्दा डुङ्गाको सहारा लिनुपर्ने र जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता थियो । यसले स्थानीयवासीको दैनिक आवागमनसँगै शिक्षा, स्वास्थ्य र व्यापारिक गतिविधिमा समेत असर पुर्‍याउँदै आएको थियो ।

धनुषाको कमला नगरपालिकाका स्थानीय सुरेश यादवले पुल सञ्चालनमा आएपछि शिक्षा, स्वास्थ्य, व्यापार र दैनिक कामकाजका लागि दुई जिल्लाबीच आवतजावत गर्न सहज हुने बताए ।

पुल सञ्चालनमा आएपछि कृषि उपज तथा स्थानीय उत्पादनको ढुवानी सहज हुनुका साथै किसान, व्यापारी र सर्वसाधारण लाभान्वित हुने अपेक्षा गरिएको छ। यसले सिरहा र धनुषाबीचको आर्थिक तथा सामाजिक सम्बन्धलाई समेत थप सहज बनाउने विश्वास गरिएको छ ।